काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफूहरू मतको खोजीभन्दा पनि काम गर्ने अवसर खोज्दै सुदूरपश्चिम पुगेको बताएका छन्।
बुधबार धनगढीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिमलाई “सु–नजिक” प्रदेशका रूपमा विकास गर्नुपर्ने धारणा राखे। उनले आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यहाँ भोट माग्न नभई काम गर्ने जिम्मेवारी लिन आएको स्पष्ट पारे।
“हामी भोटका लागि आएका होइनौं, कामका लागि आएका हौं।
हामीलाई काम दिनुस्,” उनले भने।
उनले मत नपाए पनि सुदूरपश्चिमको विकासका लागि प्रतिबद्ध रहने बताए। उनले भने “यदि तपाईंहरूले भोट दिनुभएन भने पनि हामी सुदूरपश्चिमलाई अघि बढाउनेछौं। हाम्रा उम्मेदवारलाई गर्नुपर्ने कामको सूची दिनुस्, मतभन्दा काम प्राथमिकता हो।”


































