काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने भए केपी ओली सरकारलाई दिन उपयुक्त हुने टिप्पणी गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै मेयर शाहले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै आफू सरकारको दुस्मन नभई साझेदार भएको लेखेका छन् ।
‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईँका दुस्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईँकै कार्यकालमा भएका हुन् भनिदिउँला।
केही दिनअघि सरकारले प्रमुख कार्यकारी अधिकृत नपठाएकोमा आक्रोश पोखेका शाहले ओली सरकारले भ्रम छरेको भन्दै ६ बुँदामा प्रस्ट पारेका छन् । अहिलेका लागि देशमा आवश्यक सबैभन्दा ठुलो कुरा सुशासन भएको र भ्रष्टहरू विरुद्धको लडाइँ रहेको उल्लेख गदै मेयर बालेनले सुशासनका लागि जोसँग जुध्नु परे पनि आफू तयार भएको उल्लेख गरेका छन् ।
६ बुँदामा शाहको स्पष्टीकरण



































