काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पद त्यागेपछि बालेन्द्र शाह ‘बालेन’ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय कार्यालय पुगेका छन्। उनले राजीनामा बुझाइसकेपछि बनस्थलीमा रहेको पार्टी मुख्यालयमा उपस्थिति जनाएका हुन्।
बालेनसँगै जेन–जी अभियानबाट चर्चामा आएका सुदन गुरुङ पनि घण्टीघरस्थित कार्यालय पुगेका छन्। उनले आजकै दिन रास्वपामा औपचारिक रूपमा प्रवेश गर्ने बताएका छन्।
बालेनको उपस्थितिलाई लिएर रास्वपा कार्यालय परिसरमा नेता तथा समर्थकहरूको उल्लेख्य भीड देखिएको छ।
केन्द्रीय समिति बैठकमा सहभागिता जनाई आगामी प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गरेपछि बालेन जनकपुरतर्फ प्रस्थान गर्ने तयारीमा छन्। आज जनकपुरमा हुने आमसभालाई सम्बोधन गर्न बालेन, पार्टी अध्यक्ष रवि लामिछाने लगायतका नेताहरू त्यहाँ पुग्ने कार्यक्रम समेत रहेको छ।


































