National life
cg eloctronics

मातृभूमि लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, निष्क्रिय कर्जा ९.८५ प्रतिशत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ साउन २०८१, मङ्गलबार
753Shares
मातृभूमि लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, निष्क्रिय कर्जा ९.८५ प्रतिशत
muktinatha bikash bank

काठमाडौँ। मातृभूमि लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ७ करोड ९४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३० करोड ९९ लाख रुपैयाँ रहेको छ भने खुद फी तथा कमिशन आम्दानी ७० लाख १६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको कुल सञ्चालन आम्दानी ३६ करोड ८० लाख रुपैयाँ र सञ्चालन मुनाफा ११ करोड ४६ लाख रुपैयाँ रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

असार मसान्तसम्ममा लघुवित्तले १० करोड ५८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। सो त्यसअवधिमा कम्पनीले प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८४ रुपैयाँ २० पैसा रहेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ २१७ रुपैयाँ ५० पैसा पुगेको छ।

गत आर्थिक वर्षमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड २० लाख रुपैयाँ रिभर्स भएको छ । यद्यपि, लघुवित्तको निष्क्रिय कर्जा भने ९.८५ प्रतिशत रहेको छ । मर्जरपश्चात् ६२ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी पुर्‍याएको यस लघुवित्तको रिटेन्ड अर्निङ्ग १० करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ६३ करोड २४ लाख रुपैयाँ रहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
753SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?