काठमाडौँ। मर्जरमा जाने अन्तिम तयारीको बिच मानुषी लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाबिचको मर्जर प्रक्रिया विवादित बनेको छ।
सृजनशील लघुवित्तको वित्तीय स्थिति राम्रो नरहेको आरोप सहित मानुषी लघुवित्त वित्तीय संस्थाले मर्जर पार्टनर मर्जर सम्झौता तोडेको घोषणा गरेको छ।

यी दुई कम्पनीले गत चैत २, २०७९ मा मर्जरमा जाने भन्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जर प्रक्रियामा दुई संस्थाले गरेको गृहकार्य पश्चात् २०८० पुस ११ गते अन्तिम सम्झौता भई अन्तिम स्वीकृति प्राप्त गर्नका लागि यी दुवै संस्थाले २०८० माघ ७ गते नियामक राष्ट्र बैठकसमक्ष निवेदन दिएका थिए।
तर, मर्जर प्रक्रियाको अन्तिम पर्खाइमा रहेका अवस्थामा सृजना लघुवित्त वित्तीय संस्थाको वित्तीय अवस्था सन्तोषजनक नदेखिएको भन्दै सो वित्तीय संस्थासँग यथास्थितिमा मर्जरको प्रक्रिया अगाडि बढाउने अवस्था नदेखिएको आरोपमा मानुषी लघुवित्तले डिमर्ज प्रक्रिया अघि बढाइदिन नियामक नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ ।


































