काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार गत वर्ष कम्पनीको खुद नाफा १ करोड ९१ लाख धनात्मक भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४ करोड ४२ लाख ऋणात्मक रहेको थियो ।
गत आवमा कम्पनीको सञ्चालन नाफा ऋणात्मकबाट धनात्मक भएकाले खुद नाफा पनि धनात्मक भएको हो ।
कम्पनीको प्रतिशेयर आम्दानी अघिल्लो आवमा ४० रुपैयाँ ४४ पैसा ऋणात्मक रहेकोमा गत आवमा १७ रुपैयाँ ५३ पैसा धनात्मक भएको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ २ पैसा छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा १ दशमलव ३८ प्रतिशत सामान्य घटेको छ ।
अघिल्लो आवमा कम्पनीले ८ करोड ९४ लाख खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष घटेर ८ करोड ८२ लाखमा झरेको छ। चुक्ता पूँजी १० करोड ९३ लाख रहेको कम्पनीले गत आवमा रिजर्भमा ५ करोड ४७ लाख भन्दा बढी सञ्चिति गरेको छ । उक्त अवधिमा कम्पनीको वितरणयोग्य नाफा १ करोड ४२ लाख रहेको उल्लेख भएको छ ।
गत आवमा कम्पनीले ९८ करोड ७८ लाख बढी निक्षेप संकलन गरेको छ भने १ अर्ब २८ करोड ५३ लाख बढी कर्जा प्रवाह गरेको छ ।


































