National life

लाभांश प्रस्ताव पारितको एजेण्डा सहित स्ट्याण्डर्ड चार्टर्डले बोलायो वार्षिक सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ मंसिर २०८१, मङ्गलबार
733Shares
लाभांश प्रस्ताव पारितको एजेण्डा सहित स्ट्याण्डर्ड चार्टर्डले बोलायो वार्षिक सभा
ncell

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले मंसिर २५ गतेका लागि साधारण सभा आह्वान गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नका लागि बैंकले सभा बोलाएको हो ।

बैंकको ३८ औँ वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान साढे ९ बजे शुरु हुने जनाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्ने भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ६ गते एक दिनका लागि बुकक्लेज गर्ने भएको छ। यस अनुसार मंसिर ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीहरूले बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
733SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?