काठमाडौं । साताको दोस्रो कारोबार अर्थात सोमबार शेयर बजारमा गिरावट आएको छ ।
आज बजार ३.४२ अंकले घटेर १८४७ को विन्दुमा कायम हुन पुगेको हो । आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ ।
आज कम्पनीको ७ करोड ४६ लाख ३१ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको ७ करोड ७ लाख ८६ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।



































