National life

चाडपर्व पछिको पहिलो कारोबारमा झिनो अङ्कले बढ्यो बजार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ मंसिर २०८०, सोमबार
734Shares
चाडपर्व पछिको पहिलो कारोबारमा झिनो अङ्कले बढ्यो बजार
ncell

काठमाडौँ।  साताको दोस्रो दिन सेयर बजार झिनो अङ्कले बढेको छ । तिहार बिदा पछिको यो नै पहिलो कारोबार हो ।

सोमबार १.३९ अङ्कले बढेर नेप्से परिसूचक १८५३.४८ विन्दुमा बन्द भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो कारोबारको दिन कुल ८३ करोड ६० लाख ५ हजार ६ सय ५६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँ पुगेको छ ।

आज बजार सँगै कारोबार रकम पनि बढेको हो । आज सर्वाधिक कमाउनेतर्फ ग्लोबल आएमई लघुवित्त र कर्णाली विकास बैंक रहेका छन् । उक्त कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ ।

आज ट्रेडिङ उपसूचक सर्वाधिक १.४२ प्रतिशतले बढ्दा विकास बैंक उपसूचक १.२६ प्रतिशतले र लाइफ इन्स्योरेन्स उपसूचक ०.९७ प्रतिशतले बढेको छ ।

आज उत्पादन उपसूचक सर्वाधिक १.९१ प्रतिशतले घट्दा होटेल तथा पर्यटन उपसूचक १.८३ प्रतिशत र माइक्रो फाइनान्स उपसूचक १.४२ प्रतिशत घटेको हो। तिहार अघिको अन्तिम कारोबारमा सेयर बजार दोहोरो अङ्कले घटेको थियो ।

https://aarthikvoice.com/archives/18487

यो समाचार शेयर गर्नुहोस्
734SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?