National life

१२ घण्टा बढी लोडसेडिङको मारमा नेपालको उद्योगहरू, किन बढ्यो लोडसेडिङ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
632Shares
१२ घण्टा बढी लोडसेडिङको मारमा नेपालको उद्योगहरू, किन बढ्यो लोडसेडिङ ?
ncell

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशभरिका उद्योगहरूमा १२ घण्टा भन्दा बढी लोडसेडिङ लम्ब्याएको छ ।

भारतको खुला बजारबाट रातिको समयमा विद्युत् आयात बन्द भएपछि प्राधिकरणले उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न थालेको हो ।

भारतले मार्च अन्तिममा विद्युत् आयातसम्बन्धी सम्झौता नवीकरण गर्दा खुला बजारबाट दिनको समय मात्रै विद्युत् आयात गर्न पाउने किसिमको व्यवस्था गरेको छ।

रातको समयमा नेपालले ग्यासबाट उत्पादित विद्युत् मात्रै आयात गर्न पाउँछ, जुन खुला बजारभन्दा महँगो पर्न जान्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ग्यासबाट उत्पादित विद्युत् प्रतियुनिट ८ देखि १० भारुसम्म पर्छ । तसर्थ महँगोमा विद्युत् आयात गरेर नेपालमा वितरण गर्नुभन्दा प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ गरेको हो।

अहिले पिक समयमा १ हजार ८ सय ३३ मेगावाट विद्युत् माग रहेको प्राधिकरणले जनाएको छ । तर, दिनको समयमा कुल विद्युत् आपूर्ति १ हजार ३ सय ४३ मेगावाट छ ।

यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?