National life

के तपाई मस्त निद्रा चाहनुहुन्छ ? अपनाउनुस् यी उत्तम घरेलु उपाय ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असार २०८२, शनिबार
1.1kShares
के तपाई मस्त निद्रा चाहनुहुन्छ ? अपनाउनुस् यी उत्तम घरेलु उपाय ?
ncell

काठमाडौँ । अनिद्रा एक भयानक समस्या हो । राम्ररी निद्रा पर्दै नपर्नु, बिचबिचमा अनावश्यक निद्रा खुल्नु आदि अनिद्राका लक्षण हुन्। दिनचर्या प्रभावित पार्ने मात्र नभई अनेकौँ रोगको कारण समेत यस्ता समस्या देखिने स्वास्थ्य विज्ञहरूको भनाई छ।

शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न निद्रा अत्यावश्यक छ।

Royal Enfield
nic asia capital
सामान्यतया मानिसका लागि सातदेखि आठ घण्टा निदाउन जरुरी हुन्छ , जसले हाम्रो शरीर र मस्तिष्कलाई आराम प्रदान गर्दछ।

निद्रा कम लाग्ने समस्या धेरै मानिसमा पाइन्छ। खास गरी वृद्धावस्थामा निद्रा नलाग्ने समस्या बढी देखिन्छ। ओछ्यानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार बिउँझने, बिहान चाँडै निद्राले छाड्ने जस्ता समस्या देखिन्छन्। शरीरको स्वास्थ्यका लागि कम्तीमा ६ घण्टा गहिरो निद्राको आवश्यकता पर्छ। बालक तथा बिरामी पर्दा त्यो भन्दा बढी निद्रा चाहिन्छ। कहिले काहीँ एक दिन निद्रा बिथोलिएमा त्यसको असर अर्को दिनसमेत पर्ने गर्छ।

निदाउने घरेलु उपाय


  • सुत्ने कोठा शान्त हुनुपर्ने

  • दैनिक शारीरिक व्यायाम गर्ने।

  • दिउँसो भरसक नसुत्ने।

  • सुत्नुअघि चिया, कफी नखाने।

  • बढी वा थोरै भोजन नखाने।

  • बेलुकाको भोजन पनि हलुका गर्ने।

  • सधैँ निश्चित समयमा सुत्ने बानी बसाल्ने।

  • राति छिट्टै सुत्ने र बिहान पनि छिट्टै उठ्ने।

  • सुत्ने बेलामा मात्र बिछ्यौनामा जाने।

  • निद्रामा समस्या देखिन थालेपछि धूम्रपान र मद्यपान नगर्ने।

  • सकेसम्म सुत्नुअघि मनतातो पानीले नुहाउने।

  • सपनाको मनोवैज्ञानिक विश्लेषण

  • सन्तुलित भोजन खाने र शारीरिक व्यायाम गर्ने

  • यो समाचार शेयर गर्नुहोस्
    1.1kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?