National life
cg eloctronics

शेयर शिक्षा दिन ‘इन्भेष्टमेन्ट गुरु’ सञ्चालनमा, सिए अनुपमा संग्रौलाद्धारा उद्घाटन 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असार २०८२, आइतबार
620Shares
शेयर शिक्षा दिन ‘इन्भेष्टमेन्ट गुरु’ सञ्चालनमा, सिए अनुपमा संग्रौलाद्धारा उद्घाटन 
ncell

काठमाडौँ –नेपाली लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’ नामक संस्था शनिवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

काठमाडौँमा आयोजित एक समारोहबिच लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले दीप प्रज्वलन र चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिबन काटेर औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै संग्रौलाले संस्थाले शिक्षित र सचेत लगानीकर्ता तयार पार्न सघाउने विश्वास व्यक्त गरिन् ।

संस्थाका सिइओ अमित झाका अनुसार इन्भेष्टमेन्ट गुरु आम नागरिकलाई वित्तीय साक्षरता दिलाउने र सशक्त लगानीकर्ता तयार पार्ने लक्ष्यसहित स्थापना गरिएको हो । उनले विशेषगरी नयाँ लगानीकर्ता तथा शेयर शिक्षा सिक्न चाहनेहरूलाई लक्षित गरेर कक्षा सञ्चालन गरिने जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इन्भेष्टमेन्ट गुरुले अनलाइन र भौतिक दुवै माध्यममार्फत शिक्षा प्रदान गर्नेछ। यसका लागि संस्थाको कार्यालयमा सुविधा सम्पन्न कक्षा कोठा तयार गरिएको छ जहाँ एकसाथ भौतिक र अनलाइन कक्षा सञ्चालन गर्न सकिने सुविधा छ । शेयर बजारका आधारभूत सिद्धान्त, लगानीका तरिका, जोखिम व्यवस्थापन, बजार विश्लेषण, प्रतिफल मूल्याङ्कन जस्ता विषयमा प्रशिक्षण, सेमिनार तथा परामर्श सेवा प्रदान गरिने संस्थाले जनाएको छ।

संस्थापक झा स्वयं विगत पाँच वर्षदेखि शेयर सम्बन्धी प्रशिक्षण तथा परामर्श क्षेत्रमा सक्रिय छन्। उनले बताएअनुसार ‘इन्भेष्टमेन्ट गुरु’मार्फत आधारभूतदेखि एडभान्स स्तरसम्मको शेयर शिक्षा प्रदान गरिनेछ । निकट भविष्यमा शेयर शिक्षा देशका विभिन्न भागहरूमा विस्तार गर्ने योजना पनि संस्थाले लिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?