National life
cg eloctronics

स्क्रिन एडिक्सन विरुद्धको अभियानमा प्रिमियर इन्टरनेसनल स्कूलको अग्रसरता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असार २०८२, बुधबार
798Shares
स्क्रिन एडिक्सन विरुद्धको अभियानमा प्रिमियर इन्टरनेसनल स्कूलको अग्रसरता
ncell

काठमाडौं – प्रिमियर इन्टरनेसनल IB कन्टिन्युम स्कूल, एक नेपाली इन्टरनेसनल स्कूलले, आफ्नो अग्रसरतामा एक ऐतिहासिक उल्लेखनीय कदम चालेको छ ।यस स्कूलले At Home Gadget Use Policy अन्तर्गत विद्यार्थीको मानसिक स्वास्थ्य, ध्यान दिने क्षमता र सिकाइको गुणस्तरलाई डिजिटल युगको बहसको केन्द्रमा ल्याएको छ ।

आजका बालबालिकाले अधिकाशं समय अनियन्त्रित रूपमा मोबाइल, ट्याब्लेट वा कम्प्युटरमा बिताउने गरेका छन्, जसको असर उनीहरूको एकाग्रता, भावनात्मक सन्तुलन र पढाइमा स्पष्ट रूपमा देखिन थालेको छ। यही समस्यालाई सम्बोधन गर्दै प्रिमियरले विद्यालयीय सिकाइलाई अब घरसम्म विस्तार गर्दै डिजिटल वेलबिइङको संरचना प्रस्तुत गरेको छ।

विद्यालयको अभिभावक प्रतिनिधिहरूको सहकार्यमा, बालबालिकाको पूर्व प्राथमिकदेखि उच्च माध्यमिक विद्यालयसम्मका विद्यार्थीका लागि उमेरअनुकूल व्यावहारिक र सन्तुलित नीति तयार पारिएकाले यो कार्यविधि विशेष छ । यो नीतिले स्क्रिनको प्रयोग समय सीमित गर्ने, गुणस्तरीय विषयवस्तु निर्धारित गर्ने, अभिभावकले विशेष निगरानी गर्ने र परिवारसँग आत्मीय समय बिताउने संस्कारलाई पुनर्जीवित गर्न प्रोत्साहित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विश्वव्यापी रूपमा डिजिटल ओभरएक्सपोजरका लागि विभिन्न देशहरूले धेरै प्रतिबन्ध लगाएका छन् । जस्तै, फ्रान्सले स्कूलमा स्मार्टफोन प्रतिबन्ध लगाएको छ । अमेरिकामा किशोर-किशोरीका लागि सामाजिक सञ्जाल नियमन गर्ने व्यवस्था छ; यसै सन्दर्भमा नेपालमा प्रिमियरले At Home Gadget Use Policy ल्याएर उदाहरण प्रस्तुत गरेको छ ।

विभिन्न मानसिक चुनौतीहरूसँग जुध्न प्रिमियरले नेपालको सन्दर्भमा लागू हुने व्यावहारिक नीति तयार पारेको छ; जसले स्क्रिनको लत, ध्यान कमजोर हुनु, त्रासदी (Anxiety) उत्पन्न हुनु , सामाजिक व्यवहारसम्बन्धी समस्या र साइबर सुरक्षाजस्ता विश्वव्यापी जोखिमहरूलाई सम्बोधन गर्छ । यस अभियानमार्फत, प्रिमियरले आफूलाई विश्वव्यापी शैक्षिक समस्याहरूसँग जुद्धै, ‘सधैँ अनलाइन रहने’ प्रवृत्तिको मनोवैज्ञानिक र विकासात्मक असरमाथि सचेत समाधान ल्याएको छ । यो नीति प्रिमियरको दीर्घकालीन प्रतिबद्धतालाई अझ मजबुत बनाउँदै, अन्तर्राष्ट्रिय समस्याहरूको समाधान नेपालको सन्दर्भमा कसरी लागू गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण पनि बनेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
798SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?