National life

उर्जामन्त्री खड्का 'अब लोडसेडिङ सुरु हुन्छ' , ए बोल्दैमा हुने हो ? निर्देशक घिसिङ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ चैत २०८१, बिहिबार
744Shares
उर्जामन्त्री खड्का 'अब लोडसेडिङ सुरु हुन्छ' , ए बोल्दैमा हुने हो ? निर्देशक घिसिङ
ncell

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खडकाले बुधवार संसद् बैठकमा बोल्दै अब साँझको समयमा घरमै पनि लोडसेडिङ सुरु हुने बताएपछि आम नागरिकमा त्रास छाएको छ ।

मन्त्री खड्काले यस अगाडि पनि उद्योगको लाइन काटेर नागरिकलाई समस्या नपारेको भए पनि अब त्यस्तो अवस्था नरहेको कारण साझको समयमा सर्वसाधारणका घरमा समेत लोडसेडिङ हुन सक्ने बताएका थिए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  दिएको अभिव्यक्तिको खण्डन गरेका छन् । मन्त्री खडकाले आज राष्ट्रियसभा बैठकमा बोल्दै भारतबाट विद्युत् आपूर्ति रोकिएसँगै अब साँझको समयमा लोडसेडिङ हुने बताएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
खड्काले अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको र हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत् छ ।

अहिले भारतबाट बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १२ घण्टा मात्रै विद्युत् आयात हुने गरेको छ । यस अगाडि दैनिक २० घण्टासम्म आयात भइरहेकोमा गत हप्तादेखि भने १२ घण्टा मात्रै आयात हुने गरेको छ । जसको कारण औद्योगिक क्षेत्रमा बिजुली कटौतीको सम्भावना देखिएको छ।

हिउँदमा खोला तथा नदीमा पानीको बहाव घटेर बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गरिँदै आएको प्राधिकरणको भनाई छ। गएको मंसिरमा हिउँद याममा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले मार्च १५ अर्थात् चैत २ गतेसम्म दिनको २० घण्टा र मार्च १६ देखि जुन ३० सम्म सोलार आवर अर्थात् बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्ममा मात्रै आयात गर्ने अनुमति दिएको थियो ।

मार्च १६ पछि पनि दैनिक २० घण्टा बिजुली आयात गर्न दिन भारतलाई आग्रह गरिएको  छ

बुधवार मन्त्री खडकाले उज्यालो नेपालको नायक कुलमान नभएको र धन्यवादको पात्र भारत भएका कारण उसलाई धन्यवाद दिनुपर्ने अभिव्यक्ति दिएका थिए । सोही सन्दर्भ र साँझपखबाट सर्वसाधारणका घरमा समेत लोडसेडिङ सक्ने मन्त्रीको भनाई प्रति नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रीको उक्त टिप्पणीको खण्डन गर्दै लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने प्रतिक्रिया दिएका हुन् ।

कार्यकारी निर्देशक घिसिङले भारतले रातमा बिजुली नदिए पनि कुनै समस्या नआउने बताएका छन् । आर्थिक भ्वाइससँग कुराकानी गर्दै घिसिङले अहिले माग घट्दो र उत्पादन बढ्दो अवस्थामा रहेकाले कुनै समस्या नआउने गरी व्यवस्थापन भइरहेको बताएका छन् ।

राति पूरै पावरप्लान्टहरु चल्ने र दिउँसो भारतबाट आयात भइरहेको बिजुलीले पर्याप्त मात्रामा पुग्ने भएको कारण लोडसेडिङ नहुने घिसिङले जानकारी दिएका छन्। मन्त्री जी ले लोडसेडिङको त्रास देखाउनुभयो त अब के हुन्छ भन्ने आर्थिक भ्वाइसको प्रश्नमा घिसिङले भने 'त्रास देखाउँदैमा लोडसेडिङ हुन्छ भने आस देखाएर उद्योगको पनि अन्त्य गरे भयो नि हैन र ? कसले के भन्यो त्यो म जान्दिन एक हजार मेगावाट बढीका आयोजना राति पूर्ण क्षमतामा चलिरहेका छन् । दिउँसोको समयमा भारतबाट ल्याएकोले प्रशस्त चलेको छ अनि कसरी हुन्छ  लोडसेडिङ ? घिसिङले उल्टै प्रश्न गरेका छन् ।

साथै,  ‘कुलेखानी, माथिल्लो तामाकोशी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, चिलिमे, साञ्जेनजस्ता धेरै आयोजनाहरू राति चल्ने र करिब करिब १००० मेगावाटका आयोजना पिकआवरमै फुल क्यापासिटीमा चलिरहेको कारण १००० प्लस रनअफ रिभर गरी १६/१७ सय मेगावाट आयोजना चल्ने भएको कारण लोडसेडिङ हुने कुनै अवस्था नभएको बताएका छन् ।

साथै, कार्यकारी निर्देशक घिसिङले तत्काल लोडसेडिङ को कुनै संकेत नरहेको कारण लोडसेडिङ हुने हल्लामा नदौडिन सबैलाई आग्रह गरेका छन् । नेपालमा पिक टाइममा करिब १८-१९ सय मेगावाट बिजुलीको माग हुने र त्यसलाई प्राधिकरणले आवश्यक व्यवस्थापन मिलाएर वितरण गर्ने गरेको प्राधिकरणले जनाएको छ ।

उद्योगको सन्दर्भमा भने पिक टाइममा चलाउन नदिने निर्देशक घिसिङले बताए त्यसो गर्दा बिजुली मज्जाले पुग्ने उनको भनाई छ । उर्जामन्त्री खड्काले भने भारतबाट बिजुली आयात गरेर कृत्रिम रूपमा लोडसेडिङ अन्त्य गरिएको जिकिर गर्दै अब आयातलाई थेग्न सक्ने अवस्था नभएको दाबी गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
744SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?