National life

काठमाडाैंका विभिन्न क्षेत्रमा कात्तिक ४ सम्म विद्युत आपूर्ति प्रभावित हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२५ असोज २०८०, बिहिबार
690Shares
काठमाडाैंका विभिन्न क्षेत्रमा कात्तिक ४ सम्म विद्युत आपूर्ति प्रभावित हुने
ncell

काठमाडाैं । काठमाडाैंका विभिन्न क्षेत्रमा आउँदो कात्तिक ४ गतेसम्म विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो।

प्राधिकरणका अनुसार काठमाडाैं ग्रिड महाशाखाअन्तर्गत लैनचौरस्थित ६६/११ केभी सबस्टेसन स्तरोन्नति भइरहेकाले आउँदो कात्तिक ४ गतेसम्म त्यस सबस्टेसनबाट आपूर्ति भइरहेका स्थानसहित अन्य क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने भएकाे हाे ।

लैनचौर सबस्टेसनबाट सञ्चालित सामाखुसी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत आपूर्ति गर्न प्राधिकरणले भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैले ती क्षेत्रमा विद्युत् सेवा केही दिन प्रभावित हुने प्राधिकरणले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?