National life

पाण्डे र घिसिङले सार्वजनिक गरेको हिसाबले अन्यौलता सृजना गर्‍यो हिसाब सार्वजनिक होस् : माओवादी केन्द्र

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ वैशाख २०८२, शुक्रबार
728Shares
पाण्डे र घिसिङले सार्वजनिक गरेको हिसाबले अन्यौलता सृजना गर्‍यो हिसाब सार्वजनिक होस् : माओवादी केन्द्र
ncell

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको समग्र आर्थिक अवस्थाको जानकारी गराउन नेकपा माओवादी केन्द्रले माग गरेको छ ।

शुक्रवारको प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्राधिकरणको आर्थिक अवस्थाबारे संसदमा हालसम्मको आर्थिक अवस्थाको जानकारी गराउन आग्रह गरेका छन् ।

पाण्डेले सरकारलाई संसदमा जानकारी गराउन सभामुखमार्फत सरकारलाई रुलिङ गर्न माग गरे । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडियामार्फत जानकारी गराएका विद्युत् प्राधिकरणका आम्दानी र खर्चको विवरणहरूले आम जनतामा अन्योल सिर्जना गरेको उनको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जनतामा देखिएको अन्यौलता पार लाउन र नेपाल विद्युत् प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन सभामुखमार्फत रुलिङ गर्न पाण्डेले आग्रह गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
728SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?