National life

बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर ल्याउने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०१ असोज २०८०, सोमबार
641Shares
बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर ल्याउने
ncell

काठमाडौं। बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर प्रस्तावसहित एकैपटक दुई आर्थिक वर्षको साधारण सभा बोलाएको छ । सभा असोज १८ गते आम्रपाली ब्यांकेट, नक्साल काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

सभामा यस कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोही पुँजीको १००% राइट सेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो ।

यस कम्पनीले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव राखेको छैन । सभामा आर्थिक वर्ष २०७७–०७८ र २०७८–०७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गते बुक क्लोज गर्ने भएको छ । सभामा सहभागी हुन असोज ४ गतेसम्म सेयरधनी कायम हुनुपर्छ ।

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?