National life

 बिजुली नआएको खण्डमा ११५० हटलाइन नम्बरमा फोन गर्नुहोस् : विद्युत् प्राधिकरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ जेठ २०८२, मङ्गलबार
1.3kShares
 बिजुली नआएको खण्डमा ११५० हटलाइन नम्बरमा फोन गर्नुहोस् : विद्युत् प्राधिकरण
ncell

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बिजुली नआएमा ११५० हटलाइन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले आँधी, चट्याङ र भारी वर्षका जस्ता प्रतिकूल मौसम तथा अन्य प्राविधिक कारणले कहिलेकाहीँ विद्युत् आपूर्तिमा समस्या आउन सक्ने उल्लेख गर्दै उल्लेखित नम्बरमा आफ्नो ठाउँको विद्युत् आपूर्तिमा देखिएको समस्या बुझ्न आग्रह गरेको हो ।

विद्युत् आपूर्तिमा प्रणालीगत अवरोध वा स्थानीय अवरोधका कारण बिजुली जान सक्ने बताउँदै त्यस्तो समस्या भएमा उपभोक्ताबाट जानकारी पाएमा प्राधिकरणले चाँडै समाधान गर्ने सूचनामा उल्लेख छ ।

साथै विद्युतमा समस्या भएमा वा जनगुनासोलाई तत्काल सम्बोधन गर्न प्राधिकरणको प्रत्येक प्रादेशिक कार्यालय तथा डिभिजन कार्यालयमा स्थापित कल सेन्टरबाट अपेक्षित काम भए–नभएको जाँच्न समिति गठन गरिएको प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?