काठमाडौँ । विद्युत् विकास विभागले चालू आर्थिकको पहिलो त्रैमासमा १० वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमति दिएको छ । ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ ।
विभागले समग्रमा अहिलेसम्म दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको जनाएको छ । ती आयोजनाको कूल क्षमता १० हजार आठ सय २५ मेगावाट रहेको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
https://www.youtube.com/watch?v=TUFVI5kOZ2I&t=1s
विभागले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा लापा खोला (४.७२ मेगावाट), लोअर बरुण (१.३२ मेगावाट), म्याग्दी खोला बी (१२.५) मेगावाट०, तल्लो लिखु क्यासकेड (६ मेगावाट) लाई निर्माण अनुमति पत्र प्रदान गरेको हो । साथै माथिल्लो मेलम्ची (४.९५ मेगावाट), सुपर सभा खोला (९.५५ मेगावाट), लोअर मेलम्ची खोला (४.९६ मेगावाट), अप्पर सेती एक (१३ मेगावाट), होङ्गु खोला (२८.९० मेगावाट) र इन्दुवा खोला (२४.९० मेगावाट)लाई निर्माण अनुमतिपत्र प्रदान गरेको हो ।
विभागका ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन् । ती आयोजनाको कूल क्षमता १० हजार पाँच सय ३२ मेगावाट बराबर छ । सौर्य परियोजनातर्फ १२ आयोजनाले निर्माण अनुमतिपत्र लिएका छन् । ती आयोजनाको क्षमता ८४ मेगावाट छ । तीन वटा सौर्य परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन् । ती आयोजनाको क्षमता १५ मेगावाट छ ।
https://www.youtube.com/watch?v=7z132FYZ0dA&t=503s
निर्माण अनुमतिपत्र लिए पनि काम अगाडि नबढाएका १५ आयोजनाको अनुमतिपत्र खारेज गरिएको विभागले जनाएको छ । निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका र आवश्यक प्रक्रिया पूरा नगरेका ११ आयोजनाको पनि आवेदन खारेज गरिएको छ ।

































