National life

शनिबार काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ कात्तिक २०८०, शुक्रबार
717Shares
शनिबार काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने
ncell

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलि शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकोले भोलि बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको हो ।

सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसर भित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा भोलि बिहान विद्युत् आपूर्ति प्रभावित हुने भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
717SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?