काठमाडौं । सुनको भाउमा उल्लेखनीय गिरावट देखिएको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला १० हजार ५ सय रुपैयाँले मूल्य घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाला सुन प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा झरेको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ।
हिजो प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


































