काठमाडौँ। अमेरिकाको ४७ औँ राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै घट्न सुरु गरेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ ।
नेपाली बजारमा अघिल्लो दिन प्रतितोला २४ सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला ४ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन सुनको मूल्य १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य आज १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।


































