National life
cg eloctronics

स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओली के गर्दै छन् ? आज दिनभरको कार्यतालिका सहित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ असार २०८२, सोमबार
640Shares
स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओली के गर्दै छन् ? आज दिनभरको कार्यतालिका सहित
ncell

काठमाडौँ । चार दिने भ्रमणका लागि २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल स्पेनको भ्रमणमा रहेका प्रधानमन्त्री ओली ओली विभिन्न राजनीतिक भेटघाटमा व्यस्त रहने भएका छन्।

उनी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसको मैत्रीपूर्ण निमन्त्रणमा त्यस देशको भ्रमणका गएका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरिरहेका छन् । सो अवसरमा सहयोग र सम्बन्ध विस्तार सम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबिच सहमति पत्रमा हस्ताक्षर हुने समेत कार्य तालिका रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल स्पेनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार दिउँसो स्टोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको छ। त्यसलगत्तै  प्रधानमन्त्री ओली तीन वटा द्विपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री ओली र इजिप्टका प्रधानमन्त्री डा.मोस्तफा कमाल माडबुलीबीच द्विपक्षीय बैठक बस्ने तालिका रहेको छ भने त्यसपछि प्रधानमन्त्री ओली पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठकमा सहभागी हुनेछन्।

सचिवालयका अनुसार अपराह्न प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघ महासचिव अन्तोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले गए राति सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?