काठमाडौँ । रौतहटमा आईएमई ग्रुपको मुख्य लगानीमा एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा आएको छ। डेढ अर्ब रुपैयाँ लागतमा उद्योग सञ्चालनमा आएको हो ।
२०८१ फागुनमा कागज उद्योग उद्घाटन गरेको ग्रुपले त्यसको ४ महिनामै अर्को उत्पादनमूलक सिमेन्ट बोर्डको उद्योग खोलेको हो। नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ग्रुप अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला वर्ष आफ्नो व्यवसायलाई आक्रामक रूपमा विस्तार गरिरहेका छन्।
एभरेस्ट फाइबर सिमेन्ट बोर्डको अध्यक्षमा महासंघ अध्यक्ष ढकालका छोरा निशान रहेका छन्। उद्योगको प्रबन्ध निर्देशकमा प्रदीप पण्डित र कम्पनी निर्देशकमा टासी वाङ्ग्याल लामा रहेका छन्। वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा संलग्न आईएमई ग्रुपले कागज कारखाना समेत सञ्चालन गरेको छ।






































