काठमाडौं । निर्माण व्यवसायीहरुको भाका नाघेका ऋण तिर्ने समय असार मशान्तसम्मलाई थप भएको छ । राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै ऋण दाखिला गर्ने म्याद थपेको हो ।
सर्कुलर अनुसार अब निर्माण व्यवसायीले कुल ब्याज रकमको १० प्रतिशत रकम तिरेर असार मशान्तसम्म पुर्नतालिकीकरण गर्न सक्नेछ । राष्ट्र बैंकको सर्कुलरमा भनिएको छ, ‘सार्वजनिक निकायबाट स्रोत सुनिश्चित भई परियोजनाको निर्माण कार्य सम्पन्न भएको वा निर्माण कार्य भईरहेको तर भुक्तानी प्राप्त हुन बाँकी रहेका निर्माण व्यवसायीलाई प्रवाह भएको निर्माण व्यवसायसँग सम्बन्धित कर्जाको हकमा ऋणीको अनुरोधमा नगद प्रवाह विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी देहायका शर्तहरुको अधीनमा रही इजाजतपत्रप्राप्त संस्थाले कर्जाको पुनरतालिकीकरण र र वा पुनरसंरचना गर्न सक्नेछन् स्
यसरी पुनरतालिकीकरण र र वा पुनरसंरचना गरिएको कर्जालाई २०८१ मंसिर मसान्तमा जुन वर्गमा वर्गीकृत गरिएको थियो, कम्तिमा सोही वर्गमा वर्गीकरण गर्नुपर्ने सर्कुलरमा उल्लेख छ । साथै, त्यस्तो कर्जामा उक्त अवधिको पेनाल ब्याज लिन नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
पुर्नतालिकीकरण वा पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । तर, यसअघि गरिएको कर्जा नोक्सानी व्यवस्था राइट ब्याक गर्न पाइने छैन ।
यसअघि निर्माण व्यवसायीलाई मंसिर मशान्तसम्म कालो सूचिमा राख्ने नमिल्ने गरी मौद्रिक नीति ल्याएको थियो ।

































