National life

म्याद थपको निर्णय नभए सबै आयोजना ठप्प गर्ने निर्माण व्यवसायीको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ जेठ २०८०, आइतबार
1.2kShares
म्याद थपको निर्णय नभए सबै आयोजना ठप्प गर्ने निर्माण व्यवसायीको चेतावनी
ncell

काठमाडौं । सरकारले असार ४ गतेभित्रमा सबै आयोजनाहरूको म्याद नथपे निर्माण व्यवसायीहरूले आयोजना ठप्प गर्ने चेतावनी दिएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल निर्माण व्यवसायी महासंघले यस्तो चेतावनी दिएको हो ।

यदी आन्दोलन गर्नु पर्ने अवस्था सिर्जना भएमा, काठमाडौंमा आगामी मंसिर ५ देखि ९ सम्म हुन लागेको ४६ औं इफाप्का सम्मेलनको तयारीमा ठूलो गतिरोध आई अन्तर्राष्ट्रिय समुदाय समक्ष मुलुकको प्रतिष्ठामा नै आँच आउने खतरा तर्फ पनि उनले ध्यानाकर्षण गराएका छन् ।

हाल इफाप्काको अध्यक्ष समेत रहेका सिंहले नेपालमा निर्माण कार्य गर्न अत्यन्त कठीन रहेको दृष्टान्त दिँदै विश्वमा सफल भएका विदेशी निर्माण कम्पनीहरू पनि जटिल कानूनी प्रक्रियाले गर्दा नेपालमा असफल प्रमाणित भइसकेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२०८० असार ४ भित्रमा सबै आयोजनाहरूको म्याद थपको निर्णय नभएमा सम्पूर्ण आयोजनाहरू ठप्प गरी आफ्ना सबै इजाजत पत्रहरू राज्यलाई बुझाएर आन्दोलनमा जाने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

मुलुकको निर्माण उद्योग धराशायी गर्न सरकार नै लागि परेको भन्दै अध्यक्ष सिंहले सरकारी रवैयाका कारण निर्माण व्यवसायीहरूले ‘आत्मदाह’ गर्न थालेको गुनासो गरे ।

व्यवसायीहरूको ७० अर्बभन्दा बढी रकम भुक्तानी नभएको भन्दै आयोजनाहरू समयमै सम्पन्न नहुनुमा राज्यकै बढी दोष भएको महासंघका महासचिव रोशन दाहालले औल्याए । पूँजीगत खर्च बढाउने, आवश्यक सबै प्रक्रिया पूरा गरेपछि मात्र बजेट विनियोजन गर्ने, आयोजना प्रमुखलाई जिम्मेवार एवं जवाफदेही बनाउने, निर्माण व्यवसायीको अभिलेख सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत् अद्यावधिक गर्ने, करमा दिएको छुट लगायतका बजेटका केही बुँदा भने सकारात्मक रहेको पनि उनको टिप्पणी रहेको छ ।

यस्तै उक्त पत्रकार सम्मेलनमा महासंघका सल्लाहकार जयराम लामिछानेले व्यवसायीहरूको माग सम्बोधन नभए असार मसान्तपछि सबै निर्माण कम्पनीहरू कालो सूचीमा परी मुलुकको निर्माण उद्योग नै समाप्त हुने चेतावनी दिए ।

त्यसैगरि, महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले कुनै पनि दृष्टिकोणबाट राज्यमा काम गर्न सक्ने अवस्था नरहेपनि विदेशी व्यवसायीहरूको तुलनामा स्वदेशी व्यवसायीहरूले राम्रो काम गरेको दाबी गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?