National life

१५ प्रतिशत लाभांश पारित सहित शिवम् सिमेन्ट्सको आठौं वार्षिक साधारण सभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ पुस २०८०, शुक्रबार
845Shares
१५ प्रतिशत लाभांश पारित सहित शिवम् सिमेन्ट्सको आठौं वार्षिक साधारण सभा सम्पन्न
ncell

काठमाडौं। राष्ट्रिय सभागृह, प्रर्दशनी मार्गमा शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनी संचालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा कम्पनीको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले संचालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरेको छ ।

उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७९/ ०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले आर्थिक वर्ष २०७९/०८० सम्मको संचित मुनाफाबाट ९शेयर प्रिमियम वापतको रकम यथावत राखी अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी रु ४ अर्व ४० करोडको १४.२५ प्रतिशतका दरले रु ६२ करोड ७० लाख बराबरको वोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) रु ३ करोड ३० लाख नगद लाभांश सहित आफ्ना शेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभाँस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्व र जारी तथा चुक्ता पूँजी रु ४ अर्व ४० करोड रहेकोमा १४.२५ प्रतिशतका दरले बोनश शेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भई ५ अर्व २ करोड ७० लाख कायम हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
845SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?