National life

आइएमई लाईफ इन्स्योरेन्सले मार्यो छलाङ्ग,खुद नाफामा ७६ प्रतिशतले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
914Shares
आइएमई लाईफ इन्स्योरेन्सले मार्यो छलाङ्ग,खुद नाफामा ७६ प्रतिशतले वृद्धि
ncell

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफामा उल्लेख्य छलाङ्ग मारेको छ।

कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासमा १३ करोड ३ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३९ लाख ९६ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्षको तुलनामा कम्पनीले यस वर्ष ७६ प्रतिशत बढी नाफा गरेको हो ।

कम्पनीले असोज मसान्तसम्म १ अर्ब १० करोड ३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८७ करोड ७ लाख ८७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले ६२ करोड १४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २८ करोड २२ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्त पुँजी ४ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ५३ करोड रुपैयाँ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको महाविपत्ती कोषमा १३ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३.०४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७१.९९ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
914SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?