National life

आईएमई लाइफ इन्स्याेरेन्सकाे नयाँ बाेनसदर सार्वजनिक, अधिकतम् ८० रूपैयाँसम्म बाेनस

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ पुस २०८०, बिहिबार
611Shares
आईएमई लाइफ इन्स्याेरेन्सकाे नयाँ बाेनसदर सार्वजनिक, अधिकतम् ८० रूपैयाँसम्म बाेनस
ncell

काठमाडाैं । आईएमई लाइफ इन्स्याेरेन्स कम्पनीले गत आवकाे वित्तिय विवरण रिपोर्टको आधारमा नयाँ बाेनसदर सार्वजनिक गरेकाे छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत बाेनसदर अनुसार आईएमई लाइफका बीमितले अब अधिकतम ८० रूपैयाँ बाेनस पाउनेछन् ।

कम्पनीले आव २०७९/०८० काे वित्तिय विवरणमा आधारित नयाँ बाेनसदर घाेषणा गरिएकाे हाे । आज सार्वजनिक वित्तिय विवरण अनुसार सामूहिक बाल सावधिक बीमा पाेलिसीमा न्यूनतम् ३२ रूपैयाँदेखि ७० रूपैयाँँसम्म प्रतिवर्ष र प्रति हजार रूपैयाँ बाेनस पाउनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै सावधिक तथा आजिवन बीमा पाेलिसीमा बीमा अवधी अनुसार प्रतिवर्ष प्रतिहजार ३२ रूपैयाँदेखि ८० रूपैयाँसम्म बीमितले बाेनस पाउनेछन् ।

अग्रिम भुक्तानी तथा आजिवन बीमा पाेलिसीमा न्यूनतम् ३२ रूपैयाँदेखि ६३ रूपैयाँ बाेनस पाउनेछन् । अग्रिम भुक्तानी सावधिक बीमामा ३० रूपैयाँदेखि ६३ रूपैयाँ बाेनसदर घाेषणा गरिएकाे छ । बाल अग्रिम भुक्तानी सावधिक ३० रूपैयाँदेखि ६५ रूपैयाँ बाेनस बीमितले पाउनेछन् ।

त्यस्तै, बाल अग्रिम भुक्तानी सावधिक बीमामा न्युनतम् ३० रूपैयाँदेखि ६० रूपैयाँ बाेनस निर्धारण गरिएकाे छ । साथै बार्षिक अग्रिम भुक्तानी बीमा पाेलिसीमा सबै अवधीमा २२ रूपैयाँ बाेनस निर्धारण गरिएकाे छ।

 

यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?