National life

उधारो बीमाले अस्वास्थ प्रतिस्पर्धालाई बढ्वा दिँदै, प्राधिकरण भन्छ नियन्त्रणको प्रयास जारी छ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ असोज २०८०, मङ्गलबार
638Shares
उधारो बीमाले अस्वास्थ प्रतिस्पर्धालाई बढ्वा दिँदै, प्राधिकरण भन्छ नियन्त्रणको प्रयास जारी छ
ncell

काठमाडौं । उधारो बीमा गर्ने प्रवृत्ति रोक्न नसक्दा त्यसले अस्वास्थ प्रतिस्पर्धालाई बढ्वा दिन थालेको छ । केही बीमा कम्पनीहरुले लुकिछिपी गर्ने त्यस्तो बीमाले समग्र बीमा क्षेत्र बदनाम भइरहेको बेलामा नेपाल बीमा प्राधिकरणले रोक्ने प्रयास जारी रहेको बताएको छ ।

नेपाल बीमा प्राधिकरणका एक कर्मचारीले आर्थिक भ्वाइससँग भने,‘उधारो बीमा गर्ने प्रवृत्तीले बीमा बजारमा अस्वास्थ प्रतिस्पर्धा बढाई रहेको छ । यस विषयमा बीमा प्राधिकरणले निर्देशनहरु त दिएको छ तर प्राधिकरण त्यति धेरै गम्भिर भने भएको देखिदैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मलाई जहाँसम्म लाग्छ त्यस्ता किसिमका उधारो बीमा रोक्न कडा निगरानीको आवश्यक छ ।’

के हो उधारो बीमा ?

उधारो बीमा भन्नाले कुनै पनि बीमितले बीमा पोलिसी खरिद गरे बापत बुझाउनु पर्ने बीमाशुल्क समयमा नबुझाई, आँलटाल गरेर बुझाउने वा अनावश्यक ढिलाई गर्नुलाई बुझ्न सकिन्छ । यसरी बीमा पोलिसी किन्ने तर बीमाशुल्क बुझाउन ढिलाई गर्नुलाई बीमा ऐनले नै गैर कानुनी ठहर रहेको छ । तर, त्यस्ता उधारो बीमाहरु भने अनजानमा भन्दा पनि बीमित र बीमा कम्पनीहरुको मिलेमतोमा हुने गरेको छ ।

कम्पनीहरु दोषारोपणमा व्यस्त

बीमा कम्पनीहरुले उधारो बीमालाई अस्वास्थ प्रतिस्पर्धाको जड नै मानेका छन् । सबै बीमा कम्पनीहरुले उधारो बीमालाई गैर कानुनी हो भन्ने स्वीकार गरे पनि उनीहरु मध्येकै केही कम्पनीहरुले उधारो बीमामा संलग्न रहेको बीमा प्राधिकरण स्रोत बताउँछ । उधारो बीमा मुख्य गरी निर्जीवन बीमा कम्पनीहरुमा हुने गरेको पनि स्रोतको भनाई छ ।

ठूला ठूला अयोजनाको बीमा गराउँदा त्यस्ता ठेक्का पट्टाका पैसा एकै दिनमा वा एकै पटकमा भन्दा पनि किस्ता किस्ता गरेर दिन ठेकेदारहरुले रुचाउने गरेका छन् । उनीहरुले त्यसरी पटक पटक गरेर बीमाशुल्क बुझाउन दैनिक, मासिक, अर्ध वार्षिक वा वार्षिक रुपमा नै बुझाउन पाउने कानुनी व्यवस्था भए पनि वास्तविकतामा त्यस्तो हुँदैन । बीमा कम्पनीहरुले उधारोमै बीमा गर्न रुचाउँछन् । यसको मतलब बीमा पोलिसी चाही किनिसकेको भन्ने रेकर्ड तयार हुन्छ तर खातामा पैसा चाही आउँदैन । बीमा कम्पनीले आफ्नो खातामा पैसा नआउँदा नै बीमा गराउँदा त्यसले बिकराल रुप दिने गरेको केही कम्पनीहरुले नै जानकारी दिएका छन् ।

बीमितले पैसा नतिरीकनै बीमा हुने प्रवृतिले गर्दा समयमा पैसा नबुझाउँने, निकै ठूला ठूला रकमको बीमा गर्न गराउन खोज्ने तथा अर्कोतर्फ भनेको उधारो बीमालाई नियन्त्रण गर्नुको साटो बढ्वा दिएको तथ्यहरु भेटिन्छन् ।

बीमाशुल्क नबुझाउनेलाई उल्टै सहयोग

बीमाको एउटै सिद्धान्त छ कि बीमाशुल्क तिर्ने र भवितव्य जोखिममा बीमाले सघाउछ । तर अहिले त्यस्तो अवस्था छैन । केही कम्पनीहरुले आफ्नो मन मिल्ने बीमितहरुलाई बिना पैसा बीमा गराउँन थालेका छन् । यसले गर्दा बीमाशुल्क उठन बाँकी हुँदा नै बीमितलाई जोखिम आई परेर बीमांक रकम समेत बुझाउनु पर्ने बाध्यता सिर्जना भएका छन् । बीमा प्राधिकरण केही कर्मचारीहरुले नै अनावश्यक रुपमा कुनै पनि बीमा कम्पनीले उधारो बीमामा सहभागी गराएमा त्यस्तै कारणले बीमा कम्पनी टाँट पल्टीने आँकलन गरेका छन् ।

वर्तमान समयमा बीमा कम्पनीहरुले आफ्नो व्यवसाय डाउन भएको संकेत गरिरहेका छन् । यस्तो बेलामा बीमा प्राधिकरण स्रोतले पनि बीमा गराउँने बेलामा उधारो बीमामा पनि आश गरेर ठूलो रकम पाउछु भन्दै बीमा गराउने तथा बीमाशुल्क भन्दा अगाडी बीमांक तिर्नु पर्ने अवस्था आउँदा त्यसले पनि बीमा कम्पनीहरु ठूलो समस्यामा पर्ने दाबी गरेको हो ।

सीईओहरु मौन

बीमा कम्पनीका सीईओहरुले भने उधारो बीमाको विषयमा केही पनि बोल्न चाहेका छैनन् । उनीहरुले उधारो बीमाले बीमा बजारमा समस्या सिर्जना गरेको बताए पनि कुन कम्पनीमा कति मात्रामा उधारो बीमा हुने गरेको छ ? भन्ने बारेमा केही पनि बोल्न चाहदैनन् । एक निर्जीवन बीमा कम्पनीका सीईआले भने,‘अब पैसा भनेपछि त महादेवको पनि तीन नेत्र भन्ने तपाईहरुले पनि सुन्नु भएकै होला । व्यवसाय डाउन भएका केही कम्पनीहरुले त्यही ठूलो मात्रामा व्यवसाय पाउछु भनेर उधारो बीमा गराएको पनि हुनसक्छ । यता हाम्रो कम्पनीकै कुरा गर्ने हो भने त बीमितहरुले समयमा नै बीमाशु्ल्क बुझाउने गर्नु हुन्छ । त्यस्तो समस्याबाट हामी कहाँ चाही देखिएको छैन ।’

ठूला आयोजनामा समस्या किन हुन्छ ?

ठूला आयोजनाहरुको बीमा गराउदा त्यस्ता अयोजनाहरुको लागत धेरै हुने भएकाले पनि कतिपय निर्माण व्यवसायीहरुले एकै पटकमा पूरा प्रिमियम तिर्न नसक्ने अवस्था आउँछ । त्यस्तो अवस्थामा एक त उनीहरुलाई जोखिम पनि बहन होस भन्ने हुन्छ भने अर्कातर्फ बीमा कम्पनीहरुलाई पनि व्यवसायको आवश्यकता महसुश हुन्छ । त्यसरी बीमा कम्पनी र व्यवसायीहरुले मिलेर केही बीमा उधारो गर्ने गरेको अनुमान अधिकांश जानकारहरुले गर्दै आएका छन् ।

त्यस्तै कतिपय बीमाको हकमा भने समयमा बीमांक रकम नपाइने वा पाएको बीमांक पनि अपेक्षित भन्दा कम हुने डरमा पनि केही मोटो रकमको बीमाशुल्क बुझाउन आँलटाल हुन सक्ने बीमा प्राधिकरणका एक कर्मचारीले जानकारी दिएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?