काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले आर्थिक वर्ष २०८०।८१ का लागि शेयर धनीलाई लाभांश घोषणा गरेको छ।
बुधवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तपुँजी ५ अर्ब रुपैयाँको कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयर धनीमा वितरण हुनेछ।


































