National life

एलआईसी नेपालको लिलामी सेयरको बोलकबोल सोमबार खोलिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ फागुन २०८१, आइतबार
625Shares
एलआईसी नेपालको लिलामी सेयरको बोलकबोल सोमबार खोलिँदै
ncell

काठमाडौं। फागुन १२ गते लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल खोलिने भएको छ ।

कम्पनीले लिलामीमा राखेको ४ लाख ९२ हजार कित्ता ५७७ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल भोली सोमबार काठमाण्डौको भगवतिबहाल नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ८ बजे खोलिने जानकारी दिएको छ ।

कम्पनीले गत मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोही हकप्रदमा आवेदन नपरेको ४ लाख ९२ हजार ५७७ कित्ता साधारण सेयर कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको थियो । बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्ने भएको छ।

यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?