National life

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको औपचारिक कारोबार सुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ असार २०८०, शुक्रबार
579Shares
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको औपचारिक कारोबार सुरु
ncell

बिराटनगर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट औचापरिक रुपमा कारोबार शुभारम्भ गरेको छ । विराटनगरमा मुख्य कार्यालय रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट औचापरिक रुपमा कारोबार शुभारम्भ गरेको हो ।

गार्डियन माइक्रो लाइफले नेपालमा पहिलो पटक लघुबीमाको कारोबार शुभारम्भ गरेको हो । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज एक कार्यक्रमका बीच गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको उद्घाटन गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक पौडेलले बीमा दावी भुक्तानी डिजिटल माध्यमबाट हुने सकेमा आम बीमितहरुले ठूलो राहतले पाउने बताए । साथै यसले बीमाप्रतिको विश्वास झनै बढेर जाने उनले बताए । उनले भने, ‘दुई लाख रुपैयाँसम्मको दावी हामीले प्रदेश कार्यालयलाई निर्देशन दिइसकेका छौं । अब माइक्रो इन्स्योरेन्स कम्पनीहरुलाई पनि मोबाइलबाटै बीमा गर्ने र दावी गर्न सक्ने अवस्था सिर्जना गर्नोस भनेर भनेका छौं ।’ त्यसले नेपालको बीमा क्षेत्रमा नयाँ अध्याय सुरु हुने पौडेललेको भनाइ छ ।

त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै गार्डियन माइक्रो इन्स्योरेन्स कम्पनीका सिईओ चिरायु भण्डारीले आफूहरु गाउँ गाउँमा निम्न आय भएका गरिब जनताको बीमा गरेर उनीहरुको जोखिम रक्षावरण गर्ने विशाल उद्देश्य बोकेर मैदानमा उत्रिएको बताए । उनले आफूहरु अहिले सञ्चालनमा रहेका बीमा कम्पनीको प्रतिस्पर्धी नभएको पनि स्पष्ट पारे ।

हाल ७५ करोड रुपैयाँ चुक्ता पुँजि रहेको यस कम्पनीलाइ देशको ग्रामिण क्षेत्रमा पुगेर लघुबीमा व्यवसाय गर्न बीमा प्राधिकरणले अनुमति दिएको थियो । कोशी प्रदेशको विराटनगर ७ मोरङमा केन्द्रिय कार्यालय रहेको गार्डियनले नेपालभर लघु जीवन बीमा व्यवसाय गर्न पाउने छ ।

कार्यक्रममा बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख कुन्दन सापकोटा लगायतको उपस्थिति रहेको थियाे । कम्पनीको अध्यक्षमा उदिप श्रेष्ठ रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा चिरायु भण्डारी तथा नायव प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डे छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?