National life

धेरै कम्पनीहरुलाई अनुमति दिनु ठिक थिएन,अब कोर्स करेक्सन हुनु पर्छ :अर्थमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०२ जेठ २०८०, मङ्गलबार
1.1kShares
धेरै कम्पनीहरुलाई अनुमति दिनु ठिक थिएन,अब कोर्स करेक्सन हुनु पर्छ :अर्थमन्त्री
ncell

अर्थमन्त्री डा. प्रकाश शरण महतले यस अघि ठुलो संख्यामा बीमा कम्पनीहरुलाई अनुमति दिएर गलत गरेको बताएका छन् । नेपाल बीमा प्राधिकरनको ५५ औ बार्षिक उत्सव कार्यक्रममा बोल्दै सुरुमा धेरै कम्पनीहरुलाई अनुमति दिनु ठिक नभएको भन्दै अब त्यसको कोर्स करेक्सन हुनु पर्ने बताए।

“सुरुमा यत्रो धेरै बीमा कम्पनीहरुलाई अनुमति दिनु नै ठीक थिएन । अब त्यसको कोर्स करेक्सन हुनु जरुरी छ ।”,उनले भने।साथै उनले नियामक निकाय नेपाल बीमा प्राधिकरण दायित्व र भूमिका लाई अपेक्षा गरिएको भन्दै यसको लागि व्यावसायिक दक्षता अभिबृद्धि गर्दै जानु पर्ने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमा छेत्रलाई परम्परागत तरिकाबाट नभई आधुनिकीकरण गरेर जानु पर्ने जरुरी रहेको महतको भनाई छ। “कम्पनीलाई डिस्ट्रोय गरेर अर्कोलाई फाइदा दिने, अर्कोलाई फाइदा दिन अर्कोलाई दिने यो नियामकको काम होइन । त्यसलाई साँच्चिकै विधिको शासनभित्र बसेर सञ्चालन गर्ने नियामकको जिम्मेवारी हुन्छ । ”,उनले भने

अर्थमन्त्री भए पछि बैंक ,बीमा नियामक लगायतलाई नजिकबाट गहिरिएर हेर्न नपाएको भन्दै मन्त्रि महतले भने , “यी सबैलाई नजिकबाट र गहिरिएर हेर्न पाएको छैन । बजेट सकिएपछि मैले यी फरक फरक संस्थाहरुमा त्यसको प्रभावकारिता के छ ? कहाँ व्यावसाकियताको अभाव छ ? त्यो सबै खोजी गर्नेछु ।”

मन्त्रि महतले बीमाको लक्ष्य लागत घटाउने र कभरेज विस्तार गर्नमा बीमा कम्पनीहरुले जोड दिनु पर्ने बताएका छन् ।साथै उनले भने – “ जति दायरा फराकिलो पार्न सकिन्छ, त्यति नै लागत घट्ने हुँदा त्यसतर्फ ध्यान दिनुहोला । मितव्ययितालाई ध्यानमा राखेर काम गरौं । के के सेवा हामी दिँदैछौं, पारदर्शी हिसाबले दिऔं । लिँदा चाही हामी धेरै कुरा बाचा गर्ने, सम्पूर्ण कुरा भइहाल्छ भनेर मार्केटिङ गर्ने जब बीमितलाई सेवा आवश्यक पर्छ, त्यस बेलामा अनेकौं बाहना गरेर दुःख दिने जिम्मेवारीबाट पञ्छिने गर्नु हुँदैन । ”

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?