National life

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड,२०२६ समारोह भव्यता पूर्वक सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१९ माघ २०८२, सोमबार
842Shares
नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड,२०२६ समारोह भव्यता पूर्वक सम्पन्न
ncell

काठमाडौँ। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ १३ देखी १५ गतेसम्म पोखरा ग्रान्डमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड,२०२६ भव्यता पूर्वक सम्पन्न गरेको छ। सन् २०२५ को जनवरी देखि डिसेम्बर अन्तिमसम्ममा ‘एमडीआरटी २०२६’ का लागि योग्य भएका ११० जना अभिकर्तालाई सम्मानित गरिएको हो।

पानसमा दीप प्रज्वलन गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै कार्यक्रमका कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले छनोट भएका अभिकर्ताहरूलाई अन्तर्राष्ट्रियस्तरमा गई एक्स्पोजर लिनुहुन आग्रह गरे । बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग गर्नुका साथसाथै नेपालमा पनि बीमा सम्बन्धी नीति निर्माणमा सहयोग पुर्याउने कुरा उनले बताए ।

विश्व अर्थतन्त्रमा आएका आर्थिक मन्दीका प्रभाव नेपालमा पनि परेको र यस कठिन समयका बावजुद पनि सफल भएका सबै अभिकर्ताहरूको उनले मुक्तकण्ठले प्रशंसा गरे । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको र आगामी दिनमा विभिन्न क्षेत्रमा रोजगारीमा कटौती हुने खालको अवस्था सिर्जना भएको तर बीमा अभिकर्ताको काम कहिले पनि विस्थापित नहुने हुँदा उहाँहरु एकदमै सुरक्षित पेशामा रहेको कुरा बताउँदै सो पेशाको गरिमा र महिमालाई ख्याल गर्दै जीवन बीमाको सचेतना आम नागरिकबीच पुर्याउन आग्रह गरे।

कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए। नेपाल लाइफले बीमा बजारको करिव एक तिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरेका छन् ।

पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ताहरु रहेको साथै उनीहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए। अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए।

अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्वलाई मनन गर्दै आम नेपाली नागरिकलाई बीमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बीमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजना सहित अघि लम्कन आग्रह गरे ।

३ दिन सम्म चलेको कार्यक्रममा गायिका अस्मिता अधिकारी, महेश काफ्ले र बद्रि पंगेनीको विशेष गायन प्रस्तुति रहेको थियो। कमेडियन सुबोध गौतम र प्रभात लामाले पनि आफ्नो प्रस्तुति दिए। कार्यक्रममा मोटीभेसनल स्पिकर सुगरिका केसीले उपस्थ्ति अभिकर्ताहरुलाई मोटीभेसन प्रदान गरिन्।

यो समाचार शेयर गर्नुहोस्
842SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?