National life

नेसनल लाइफको व्यवसायमा वृद्धि ,जीवन बीमा कोष ८१ अर्ब ८४ करोड पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८१, शुक्रबार
605Shares
नेसनल लाइफको व्यवसायमा वृद्धि ,जीवन बीमा कोष ८१ अर्ब ८४ करोड पुग्यो
ncell

काठमाडौँ। नेसनल लाइफ इन्सुरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १३ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको भन्दा ६.२४ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवमा कम्पनीले १३ करोड २ लाख रुपैयाँ रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ११.२८ प्रतिशत बढेर १ अर्ब ५० करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष उक्त आम्दानी १ अर्ब ३५ करोड रुपैयाँ थियो । यता, खुद बिमा शुल्क संकलन १८.१३ प्रतिशतले बढेर ४ अर्ब ८५ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै ,यस समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ८१ अर्ब ८४ करोड पुगेको छ। गत आवमा यस्तो कोष १ खर्ब ७४ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १० रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा छ ।

चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीले रिटेन्ड अर्निङमा ६१ करोड ३७ लाख रुपैयाँ रहेको छ । यसको सेयर प्रिमियममा २ करोड ७८ लाख छ ।

 

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?