National life

बीमामा योजनाबद्ध सरेण्डर हुन थालेको त होइन? यस्तो छ बीमा विज्ञको सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ भदौ २०८१, शुक्रबार
493Shares
बीमामा योजनाबद्ध सरेण्डर हुन थालेको त होइन? यस्तो छ बीमा विज्ञको सुझाव
ncell

काठमाडौं । बीमा क्षेत्रमा समर्पण दर (सरेण्डर) बढ्न थालेसँगै बीमा कम्पनीहरूलाई समस्या पर्न थालेको छ । बीमालेख किन्नेको अनुपातमा बीमालेख फिर्ता गर्ने बीमितहरुको संख्या बढेसँगै बीमा कम्पनीहरु मारमा पर्न थालेका हुन् ।

सरेण्डरको विषय गम्भिर विषय भए पनि यसमा बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले भने कुनै पनि ठोक कदम चालेको देखिँदैन ।

प्राधिकरणले सरेण्डरलाई रोक्न आफूहरूले अध्ययन गरिरहेको बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर, वर्षौनि सरेण्डर बढ्नु कुनै बीमा कम्पनीहरुको लागि राम्रो संकेत नभएको यस क्षेत्रका विज्ञहरुले बताउँने गरेका छन् ।

प्रत्येक महिना बीमा कम्पनीहरूमा अर्बौ रुपैयाँ बराबरको सरेण्डर हुँदै आएको छ । चालु आर्थिक बर्षको पहिलो महिना साउनमै मात्र जीवन बीमा कम्पनीहरुबाट एक अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमा पोलिसि सरेन्डर (बीमालेख समर्पण) भएको छ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार उक्त अवधिमा १० हजार २९२ वटा पोलिसीवापत एक अर्ब ५४ करोड रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो।

त्यस्तो सरेण्डरको दर वर्षौैनि बढ्दो क्रममा रहेकाले पनि बीमा कम्पनीहरु जोखिममा देखिन्छन् ।

योजनाबद्ध सरेण्डर हुन थालेको त होइन ?

गत आर्थिक वर्षको सुरुवातबाट सरेण्डरको अवधि दुई वर्षबाट बढाएर तीन वर्ष कायम गरिएको अवस्था छ । यस अघि बीमा कम्पनीहरुको सरेण्डर एक वर्षमा नै हुने गर्थ्यो । साथै, त्यो भन्दा पहिला बीमितहरुले एक हप्तामा पनि सरेण्डर गर्न मिल्ने व्यवस्था थियो । तत्कालीन बीमा समितिको प्रावधानमा नै दुई आर्थिक वर्षमा मात्रै सरेण्डर गर्न पाइने प्रावधान रहेको थियो भने बीमा क्षेत्रका जाने बुझेका र मुख्य गरी अभिकर्ताहरुले नै सरेण्डरबाट फाइदा उठाउँने गरेका थिए । उनीहरुले आर्थिक वर्षको अन्तिममा असार महिनामा बीमा गर्ने र अर्को आर्थिक वर्षको सुरुवातमा साउन महिनामा नै सरेण्डर गरेर करोडौँ रकमको चलखेल गर्दै आएका थिए ।

अहिले बीमा पोलिसी सरेण्डरको म्याद तीन वर्ष तोकिएता पनि अझै पनि त्यस्ता शंकास्पद सरेण्डर भने जारी रहेको छ । नेपाल बीमा प्राधिकरणले सोही सरेण्डरमा रहेको बेथिति रोक्न कडा कदम चाल्ने आश्वासन दिँदै आएको छ । अहिले पनि कतिपय कम्पनीको सरेण्डरको हिस्सा हेर्दा कतै कुनै ठुलो गिरोह नै यसमा संलग्न त छैन भन्ने प्रश्न उठ्न थालेको छ। सरेण्डरको विषयमा बीमा प्राधिकरणले आफूलाई शंकास्पद लागेको कम्पनीमा गई अलि सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने सबै कुरा छर्लङ्ग हुन्छ तर प्राधिकरणले अध्ययन गर्ने आट पनि गर्न सकेको देखिँदैन।

सरेण्डर (समर्पण) हुने धेरै कारणहरू छन् । जस्तै बजारमा आएको मुद्रास्फीतिले, जुन अहिले हामीले देखिरहेका र भोगिरहेका छौँ । बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्दा पनि पोलिसी सरेण्डर हुने गर्दछ । बीमालेख सरेण्डर गर्ने प्रवृत्ति नेपालमा मात्रै नभई संसारभरि नै छ । तर नेपालमा भने अलि फरक खालको योजनाबद्ध सरेण्डर हुन थालेको त होइन भन्ने बीमा क्षेत्रमा बहस हुन थालेको छ। पछिल्लो समयमा बीमालेख सरेण्डर हुनुको मुख्य कारण आर्थिक सङ्कट पनि हुन सक्छ। आर्थिक सङ्कट प¥यो भन्दै पोलिसी सरेण्डर गर्छु भन्दा केही बोल्नै मिल्दैन तर सरेण्डरको दर ठुलो मात्रामा हुँदा पनि प्राधिकरणले खासै अध्ययन नगरेको देख्दा शङ्का गर्ने स्थिति सृजना भएको छ।

यस्तो छ बीमा विज्ञको सुझाव

बीमा विज्ञ डा। रबिन्द्र घिमिरेका अनुसार अहिले सरेण्डर तीन वर्ष अवधिमा मात्रै गर्न मिल्ने बनाइएको अवस्था भए पनि बीमा सरेण्डर नरोकिनुको अरु पनि कारण रहेका छन् । घिमिरेले भने,‘नेपाल बीमा प्राधिकरणले सरेण्डरलाई बढाएर अझै पाँच वर्ष बनाउँन लागेको छ । बीमा सरेण्डरको अवधिमा भन्दा पनि अहिले बीमाको पोलिसीमा नै केही समस्या देखिएको अवस्था छ । अधिकांश नागरिकले बैकबाट ऋण लिएर बीमा गर्छन् । सरेण्डर गर्दा बीमितलाई फाइदा हुने भएर उनीहरुले एकल बीमाशुल्कमा सरेण्डर धेरै गरेको हुनसक्ने मेरो अनुमान छ ।’

उनले सरेण्डर गर्दा फाइदा हुने खालका पोलिसी संचालनमा रहेकाले सरेण्डर बढेको बताए । अभिकर्ताहरुलाई कसिशन आए पनि बीमा कम्पनीहरुलाई भने घाटा रहेको डा। घिमिरे बत्ताउँछन् । घिमिरेले पचास लाख रुपैयाँ लागानी गर्दा धेरै वर्ष लगाएर पाउँने कमिशन एकै पटकमा आउँने भएकाले, बीमा कम्पनीहरुको वित्तीय विवरणमा पनि आम्दानी धेरै देखिने भएकाले बीमा सरेण्डर फस्टाउको बताएका छन् ।

सानो सानो वर्गलाई बीमाले समेटनु पर्नेमा वास्तविकता अलि फरक रहेको उनको भनाई छ । कालोधन बीमामा आउँने सम्भावना रोक्न कमिसन दर हेरफेर गर्नु पर्ने घिमिरेको सुझाव छ । बीमाको अवधिमा भन्दा सरेण्डर गर्ने धनाड्य समूहलाई निरुत्साहित गर्नु पर्ने बीमा विज्ञ घिमिरेको भनाई छ । बीमितले पाउँने कर्जा कमी गर्दा पनि सरेण्डर घट्ने उनको आँकलन छ ।

 

यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?