National life

बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१३ जेठ २०८३, बुधबार
824Shares
बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान
ncell

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त माग गरेको छ । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले एक सूचना जारी गर्दै अध्यक्षका लागि दरखास्त मागेको हो ।

प्राधिकरण अध्यक्षका लागि आवेदन दिने व्यक्ति उच्च नैतिक चरित्र भएको, ‘बीमा ऐन, २०७९’ बमोजिम अयोग्य नभएको, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ ले तोकेबमोजिम ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । 

त्यस्तै, बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागू औषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएको, प्रचलित कानुनबमोजिम कालोसूचीमा समावेश भएको खण्डमा त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा भएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त नगरेको, सार्वजनिक निकायको कुनै ठेक्कापट्टा सम्झौता गरी काम गरिरहेको नभएको र मानसिक सन्तुलन ठीक भएको व्यक्ति स्वतः अयोग्य ठहर हुनेछन् ।

प्राधिकरणको अध्यक्ष पदका लागि इच्छुक तथा योग्य व्यक्तिले जेठ १९ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समिति सचिवालयमा आवेदन दिन सक्ने सूचनामा भनिएको छ ।






यो समाचार शेयर गर्नुहोस्
824SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?