National life
cg eloctronics

मेट लाइफद्वारा घरबारविहीन १७ सय व्यक्तिलाई पौष्टिक खाना प्रदान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ असोज २०८१, मङ्गलबार
901Shares
मेट लाइफद्वारा घरबारविहीन १७ सय व्यक्तिलाई पौष्टिक खाना प्रदान
muktinatha bikash bank

काठमाडौँ । मेट लाइफको विश्वव्यापी ‘भोलुनटरिङ्ग विथ परपोस’ अभियान र स्थानीय समुदायहरूलाई सहयोग गर्ने निरन्तर प्रतिबद्धताको एक पहलको रूपमा मेटलाइफ नेपालले ‘फूड फर हेल्थ’, देशभरका विभिन्न आश्रमहरूमा गएर १,७०० जनालाई पौष्टिक खाना उपलब्ध गरेको छ ।

मेटलाइफका १०० भन्दा बढी कर्मचारी र अभिकर्ता सदस्यहरूले मानवसेवा आश्रमका नेपालभरका २४ वटा शाखामा ३ दिनसम्म स्वयंसेवा गरेका छन् ।

सेप्टेम्बर २८, २९ र अक्टोबर ५ मा, मेटलाइफका स्वयंसेवकहरूले भोजन तयार गरी आश्रमका बासिन्दालाई परोस्ने काम मात्र गरेनन्, उनीहरूको व्यक्तिगत हेरचाहमा पनि मद्दत गरे र आश्रम परिसरको सरसफाइमा पनि संलग्न भए ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उनीहरूले सांस्कृतिक प्रदर्शन, प्रार्थना सत्रहरू, र रमाईलो गतिविधिहरू मार्फत आश्रम भित्र बस्ने बासिन्दाहरूसँग संलग्न हुदै मनोरंजनका साथ समय बिताए र उनीहरूको मनोबल उच्च बनाए ।

आश्रम भित्र बस्नेहरूको समर्थनमा यस पहलले समुदायलाई उत्थान गर्ने महत्त्वलाई प्रतिबिम्बित गर्ने स्वयंसेवकहरूसँग दया र सेवाको गहिरो भावनालाई बढावा दिएको छ ।

मेटलाइफ नेपालका उपाध्यक्ष र महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘फूड फर हेल्थ कार्यक्रम जस्ता पहलहरू मार्फत हामीले न केवल तत्कालीन आवश्यकताहरू सम्बोधन गरिरहेका छौं, तर सेवा सुविधाबाट वञ्चित समुदायहरूमा आशा र गरिमाको भावना पनि फैलाइरहेका छौं । यस स्वयंसेवा प्रयासले हाम्रो उद्देश्य र सोचहरूलाई जीवन्त बनाउँदै, आवश्यकता भएका व्यक्तिहरूको जीवनमा ठोस प्रभाव पार्ने हाम्रो प्रतिबद्धतालाई प्रकट गर्दछ ।’

everest bank
यो समाचार शेयर गर्नुहोस्
901SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?