National life

रिलायबल नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, हेर्यौ कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०८ जेठ २०८०, सोमबार
777Shares
रिलायबल नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, हेर्यौ कुनको कति ?
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक तथा आजीवन बीमा योजनामा  ५ देखि ९ वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति शजार ५० रुपैयाँ कायम गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस बीमा योजनामा कम्पनीले १५ देखि १९ वर्ष अवधिको पोलिसी धेरै विक्री गरेको छ । यस पोलिसी कम्पनीले ३ हजार ५५१ वटा विक्री गरेको छ । जसमा बीमितले ४० रुपैयाँ बोनश पाउनेछन् ।

रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा  योजनाको हकमा १०,१२ र १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, १६,१८ र २० वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी कम्पनीको रिलायबल समुन्नती जीवन बीमा योजनाका लागि कम्पनीले सबै बीमालेखमा प्रति हजार २० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

साथै सावधिक जीवन बीमा योजनामा न्यूनतम प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको रलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम भएको छ ।

कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको मात्रै २२२ सय वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

यस्तै कम्पनीले रिलायबल सुलभ जीवन बीमालेख रिलायबल जीवन बीमा प्लस योजनाको हकमा पाँच देखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार २४ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ४० रुपैयाँ कायम भएको छ । कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ३० हजार ४ सय ६८ बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

साथै रिलायबल उच्च शिक्षा योजनाको हकमा पाँच देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथि अवधिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम भएको छ । कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ४ सय ४८ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

रिलायबल लघु सावधिक जीवन बीमा योजना अन्तर्गत रिलायबल लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कामय गरेको छ । त्यस्तै, बीमा सिमित लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।

साथै कम्पनीले रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी) योजनाको हकमा कम्पनीको सबै बीमा अवधिहरुको लागि २५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
777SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?