काठमाडौं । शिखर इन्स्योरेन्सले निर्जीवन बीमा क्षेत्रतर्फ ‘एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स’ प्राप्त गरेको छ । कम्पनीले कर्पोरेट क्लबद्वारा उक्त अवार्ड प्राप्त गरेको हो ।

उक्त अवार्ड शिखर इन्स्योरेन्सको सशक्त मानव संसाधन व्यवस्थापन, सकारात्मक कार्यसंस्कृति र उत्कृष्ट सेवाप्रति रहेको प्रतिबद्धताको प्रमाणका रूपमा दिइएको कम्पनीले जनाएको छ ।



































