National life

हिमालन रि–इन्स्योरेन्सले नेपाल पुर्नबीमाको व्यापार खोस्दै, बीमा शुल्क ४६ प्रतिशतले घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ असोज २०८०, आइतबार
1.4kShares
हिमालन रि–इन्स्योरेन्सले नेपाल पुर्नबीमाको व्यापार खोस्दै, बीमा शुल्क ४६ प्रतिशतले घट्यो
ncell

काठमाडौं । हिमालन रि इन्स्योरेन्सले लाइसेन्स पाएपछि नेपाल पुनर्बीमा कम्पनीको बजार हिस्सा खोसिदै गएको छ । यी दुवै कम्पनीले सार्वजनिक गरेको वित्तीय रिपोर्ट अनुसार गत वर्षको तेस्रो त्रैमासमा नेपाल पुनर्बीमाको बीमा शुल्क आर्जन घटेको छ । यता, हिमालयनको भने वृद्धि भएको छ ।

रिपोर्ट अनुसार गत वर्षको चैत मसान्तसम्म नेपाल रिइन्स्योरेन्सले जीवन र निर्जीवन री कुल ४ अर्ब २६ करोड ७० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको सोही अवधिमा यसले ७ अर्ब ८६ करोड ८९ लाख रुपैयाँ संकलन गरेको थियो । यो ४६ प्रतिशतले कम हो ।

यता, अघिल्लो वर्षको चैतसम्म ४७ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हिमालयनले गत वर्षको चैतसम्म ३ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो ६१३ प्रतिशतले धेरै हो ।

उपलब्ध तथ्यांकले सरकारी लगानी पनि रहेको नेपाल रिइन्स्योरेन्स विस्तारै धरासाही हुने हो कि भन्ने चिन्दा बढेको छ । त्यसमाथि, यसमा सरकारको मात्र लगानी छैन । यो कम्पनीमा आम सर्वसाधारणको पनि सेयर छ । रिपोर्ट अनुसार नेपाल पुनर्बीमाको निर्जीवन बीमाबाट हुने नाफा घटेको छ । तर जीवन बीमा कम्पनीबाट हुने नाफामा भने सुधार देखिएको छ ।

अघिल्लो वर्ष ६० करोड २१ लाख १७ हजार रुपैयाँ रहेको निर्जीवन बीमा व्यवसायतर्फको खुद नाफा गत वर्ष ५२ करोड ९० लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ । यसैअवधिमा जीवन बीमा व्यवसायतर्फ २ करोड ९७ लाख ३१ हजार रुपैयाँ नोक्सानमा रहेकोमा गत वर्ष चैतसम्ममा ६ करोड ७१ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत वर्ष चैत मसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ७९ करोड ८२ लाख ३४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ अर्ब ५३ करोड ९९ लाख ४७ हजार रुपैयाँ निर्जीवन व्यवसायबाट खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, गत वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा व्यवसायबाट १ अर्ब ४६ करोड ८७ लाख ९८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा जीवन बीमा व्यवसायबाट १ अर्ब ३२ करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिसम्म पुनर्बिमा कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

गत वर्षको चैत मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ४ अर्ब ७८ करोड ६५ लाख ६० हजार रुपैयाँ र जीवन बीमातर्फ ६० करोड २५ लाख २१ हजार रुपैयाँ जम्मा भएको छ ।

निर्जीवन बीमा कोषको आकार ३ अर्ब २८ करोड ५४ लाख ४७ हजार रुपैयाँ रहेको छ । जीवन बीमा कोषको विवरण भने रिपोर्टमा उल्लेख छैन ।

यता, हिमालयनको भने प्रायः सबै सूचकमा सूधार देखिएको छ । यसले गत चैत मसान्तसम्म २५ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त नाफा १९ करोड ४५ लाख रुपैयाँ रहेको छ । यसको बीमा कोषको आकार १३ करोड ६९ लाख छ । अघिल्लो वर्ष ४८ लाख १९ हजार रुपैयाँ थियो । दीर्धकालिन लगानी तथा कर्जा ३ अर्ब ९० करोडबाट बढेर ७ अर्ब २१ करोड ९४ लाख पुगेको छ ।

यता, नेपाल बीमा प्राधिकरणले सिधैं निजी क्षेत्रको लगानीमा स्थापित भएको हिमालय पुनर्बीमा कम्पनीलाई संरक्षण गर्ने नीति लिएको आरोप लागेको छ । प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीको एकाधिकार तोड्न निजी क्षेत्रको हिमालयनलाई लाइसेन्स दिने मात्रै नभएर नीतिगत तहबाटै संरक्षण समेत गर्न थालेको भनेर आरोप लागेको हो ।

हिमालयन रिले मार्केटिङको नाममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमा दबाब समेत दिइरहेको खुलेको छ । जीवन बीमा कम्पनीहरुले दिएको जानकारी अनुसार पटक पटक व्यवसायीक समझदारीका पत्र पठाएर हिमालयन री इन्स्योरेन्सले हैरान लाउने गरेको छ ।

चालु आर्थिक वर्षमा नेपाल पनुर्बीमाको व्यवसाय दुई प्रतिशतले घट्ने भएको छ भने उक्त वातावरण बीमा प्राधिकरणको निर्देशन नै सिर्जना गरेको हो । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर कुमार रायमाझीले एक कुराकानीमा स्पष्टै भनेका थिए, ‘यो त नेपाल बीमा प्राधिकरणले पेल्ने नीति मात्रै लिएको हो । विदेश तिर तपाईंहरुले हेर्नु भयो भने अधिकांश देशहरुले स्वदेशी पुनर्बीमा व्यवसाय बढाउन थालेको बेलामा नेपालमा भने भइरहेको व्यवसाय पनि घटाउने नीति लिनु दुखदायी कुरा हो ।’

सीईओ रायमाझीले नियामक निकायले नेपालका लागि यस्तो निर्णय गर्दा कम्पनीमा पनि छिमेकी राष्ट्र र अन्तराष्ट्रिय अभ्यासलाई समेत आत्मसाथ गर्नु पर्ने अडान प्रस्तुत गर्दै आएका छन् । उनले नेपालका लागि मात्र नभई पुनर्बीमा व्यवसायले विश्वको कुनै पनि बीमा कम्पनीसँग आफ्नो व्यवसाय गर्ने भएकाले पनि त्यस्ता कम्पनीका व्यवसायीक रणनीति सुहाउँदो किसिमले निर्णय हुनुपर्ने बताउँदै आएका छन् ।

यता नेपाल बीमा प्राधिकरण भने सो कुरा स्विकार गर्न तयार छैन । प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनी व्यवसाय खोज्न नजाने र भइरहेको व्यवसायमा नै चित्त बुझाउँने हो भने थप प्रगती हुन मुस्किल हुने प्राधिकरण पक्षको तर्क छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?