National life

हिमालयन रि इन्स्योरेन्सले बोलायो तेस्रो साधारण सभा, १०ः८ अनुपातमा हकप्रद जारी हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ माघ २०८०, आइतबार
707Shares
हिमालयन रि इन्स्योरेन्सले बोलायो तेस्रो साधारण सभा, १०ः८ अनुपातमा हकप्रद जारी हुने
ncell

काठमाण्डौ । निजी क्षेत्रको लगानीमा संचालित हिमालयन रि इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभाको मिति तय गरेको छ । हकप्रद शेयर जारी गर्ने मुख्य एजेण्डा सहित हकप्रद जारी गर्न लागिएको हो ।

साधारण सभा आगामी फागुन २० गते आइतबार राष्ट्रिय सभा गृहमा बिहान ११ बजे सम्पन्न हुनेछ । साधारण सभामा गत आर्थिक वर्षका लागि ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने सम्बन्धिको प्रस्तावहरु अनुमोदन हुनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँको १०ः८ अर्थात १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी सम्बन्धि प्रस्ताव पेश हुनेछ। आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनमा छलफल गर्दै, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा आर्थिक वर्ष २०८०।८१ को लेखापरीक्षक नियुक्ती गरिनेछ ।

सोही सभाले संस्थापक समूहका तर्फक एक जना शेयरधनी र सर्वसाधारण शेयररधनीका तर्फबाट दुईजना सञ्चालकहरु चयन गर्नेछ । साधारण सभाकै लागि आगामी फागुन ७ गते एक दिनकालागि शेयरधनी दर्ता किताब बन्द रहने, बुक क्लोज हुने हिमालयन रि इन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
707SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?