National life
cg eloctronics

मच्छिन्द्रनाथ समूहको वार्षिक कार्यक्रम सम्पन्न, समूहको अतिरिक्त प्रोत्साहन योजना सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२६ दिन अगाडि|१५ कात्तिक २०८३, आइतबार
6.3kShares
मच्छिन्द्रनाथ समूहको वार्षिक कार्यक्रम सम्पन्न, समूहको अतिरिक्त प्रोत्साहन योजना सार्वजनिक
muktinatha bikash bank

ललितपुर। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पाटन शाखाअन्तर्गत क्रियाशील मच्छिन्द्रनाथ समूहले दसैँ, तिहार, छठ तथा नेपाल संवत् (नयाँ वर्ष) को शुभकामना आदानप्रदान तथा वार्षिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा आर्थिक वर्ष २०८३/०८४ का लागि समूहले अतिरिक्त प्रोत्साहन योजना सार्वजनिक गर्नुका साथै उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा क्लब एचिभर्सहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ। कार्यक्रममा जीवन बीमाको महत्त्व, आवश्यकता र प्रभावकारी रूपमा बीमा व्यवसाय विस्तार गर्ने उपायबारे विशेष प्रशिक्षणसमेत प्रदान गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईको प्रमुख आतिथ्य तथा मच्छिन्द्रनाथ समूहका अध्यक्ष सुरेश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डेपुटी नेसनल सेल्स हेड सिनियर एजीएम टीकादत्त प्याकुरेल, कम्पनीका रिसर्च हेड रोजेश बस्नेत, बागमती ‘बी’ प्रदेश प्रमुख मानबहादुर बिष्ट (मदन), कम्पनीबाट निरन्तर आठौँ पटक मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) हासिल गर्न सफल चिफ एजेन्सी म्यानेजर नवीन शेरचन, पाटन शाखा प्रमुख नगेन्द्र भट्टराई, अर्जुन महर्जनलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा समूहमा आबद्ध उल्लेख्य सङ्ख्यामा अभिकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो। बाल कलाकार मानुश्री बिष्टले प्रस्तुत गरेको स्वागत नृत्यले कार्यक्रमलाई थप आकर्षक र उल्लासमय बनाएको थियो।

कार्यक्रममा कम्पनीका रिसर्च हेड रोजेश बस्नेतले जीवन बीमाको आवश्यकता, यसको महत्त्व र आम नागरिकलाई बीमाप्रति सचेत गराउने प्रभावकारी उपायबारे प्रशिक्षण दिनुभएको थियो।

everest bank

कार्यक्रममा मच्छिन्द्रनाथ समूहले आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्ना सदस्य अभिकर्ताहरूलाई लक्षित गर्दै समूहको अतिरिक्त वार्षिक तथा मासिक प्रोत्साहन योजना सार्वजनिक गरेको थियो। आफ्ना समूहका अभिकर्ताहरूलाई थप सक्रिय बनाउने, व्यावसायिक उपलब्धि हासिल गर्न प्रेरित गर्ने र समूहको समग्र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले ल्याइएको योजनाअन्तर्गतका विजेताहरूलाई टी-सर्ट तथा नगद पुरस्कार वितरण गरिएको थियो। साथै, क्लब एचिभर्सहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। यसै अवसरमा समूहको पहिचान, एकता र सामूहिक भावनालाई थप मजबुत बनाउने उद्देश्यले मच्छिन्द्रनाथ समूहको आफ्नै लोगो अङ्कित टी-सर्टसमेत औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा कम्पनीका सीईओ सन्तोष प्रसाईले पाटन शाखाको व्यावसायिक विकासमा मच्छिन्द्रनाथ समूहले पुर्‍याउँदै आएको उल्लेखनीय योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले समूहको सक्रियता, सामूहिक प्रयास, नेतृत्व क्षमता र व्यावसायिक प्रतिबद्धतालाई शाखाको प्रगतिको महत्त्वपूर्ण आधारका रूपमा चित्रण गर्नुभयो। समूहले हासिल गरेका उपलब्धिहरूलाई प्रशंसनीय बताउँदै उहाँले आगामी दिनमा अझ उच्च व्यावसायिक लक्ष्य निर्धारण गरी उत्कृष्ट नतिजा हासिल गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बीमा व्यवसायको विस्तारमा अभिकर्ताहरूको भूमिका निर्णायक हुने उल्लेख गर्दै ग्राहकको विश्वास जित्ने, बीमाको वास्तविक महत्त्व आम नागरिकसम्म पुर्‍याउने र सेवाको गुणस्तरलाई प्राथमिकता दिने कार्यमा केन्द्रित हुन आग्रह गर्नुभयो। मच्छिन्द्रनाथ समूहको एकता, अनुशासन र निरन्तर मेहनतले पाटन शाखालाई अझ सशक्त बनाउँदै उत्कृष्टताको नयाँ उचाइमा पुर्‍याउन सक्ने विश्वास व्यक्त गर्दै उहाँले समूहका सम्पूर्ण सदस्यलाई आगामी सफलताका लागि शुभकामना दिनुभयो।

त्यसैगरी, डेपुटी नेसनल सेल्स हेड, सिनियर एजीएम टीकादत्त प्याकुरेलले समूहले शाखाको व्यवसाय विस्तारमा पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै निरन्तर मेहनत, प्रभावकारी कार्ययोजना र सामूहिक प्रयासबाट थप सफलता हासिल गर्न सकिने बताउनुभयो। उहाँले अभिकर्ताहरूलाई आफ्नो क्षमता अभिवृद्धि गर्दै निर्धारित लक्ष्य प्राप्तिका लागि योजनाबद्ध रूपमा अघि बढ्न प्रेरित गर्नुभयो।

बागमती ‘बी’ प्रदेश प्रमुख मानबहादुर बिष्ट (मदन) ले मच्छिन्द्रनाथ समूहले पाटन शाखाको व्यावसायिक प्रगतिमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि समूहले उल्लेखनीय उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन गर्दै समूहका अध्यक्ष सुरेश गुरुङले मच्छिन्द्रनाथ समूह गठन गर्नुको उद्देश्य, यसको औचित्य र भावी कार्यदिशाबारे प्रकाश पार्नुभयो। उहाँले समूह केवल व्यवसाय विस्तार गर्ने माध्यम मात्र नभई अभिकर्ताहरूबीच एकता, सहकार्य, नेतृत्व विकास र सामूहिक सफलताको आधार भएको उल्लेख गर्नुभयो। सबै सदस्यको सक्रिय सहभागिता, व्यावसायिक प्रतिबद्धता र एकीकृत प्रयासबाट पाटन शाखालाई देशकै उत्कृष्ट शाखाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउँदै उहाँले सम्पूर्ण अभिकर्तालाई उच्च मनोबलका साथ अघि बढ्न आह्वान गर्नुभयो।

समूहका सचिव विजय कुमार राईले सञ्चालन गर्नुभएको कार्यक्रममा समूहका वरिष्ठ सल्लाहकार कन्हैया सिंह कुँवरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। स्वागत मन्तव्यका क्रममा उहाँले समूहमा आबद्ध सम्पूर्ण सदस्यलाई बीमा व्यवसायमा सक्रियतापूर्वक लाग्न, नयाँ अवसरको खोजी गर्न र व्यावसायिक लक्ष्य हासिल गर्न प्रेरित गर्नुभयो। व्यक्तिगत सफलता मात्र नभई सामूहिक उपलब्धिलाई प्राथमिकता दिँदै एकताबद्ध भएर अघि बढ्न सके पाटन शाखालाई उत्कृष्ट शाखाका रूपमा स्थापित गर्न सकिने उहाँको भनाइ थियो। उहाँले सबै अभिकर्तालाई प्रतिबद्धता, निरन्तर मेहनत र सकारात्मक सोचका साथ व्यवसाय विस्तारमा जुट्न आग्रह गर्नुभयो।

शुभकामना आदानप्रदान, बीमा सचेतना तथा व्यावसायिक प्रशिक्षण, प्रोत्साहन योजनाको घोषणा र उत्कृष्ट कार्यसम्पादनको सम्मानलाई समेटिएको कार्यक्रमले समूहका सदस्यहरूबीच आपसी सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउनुका साथै आगामी व्यावसायिक लक्ष्यप्रति प्रतिबद्धता बढाउने विश्वास लिइएको छ।

एकता, सहकार्य र उत्कृष्ट कार्यसम्पादनलाई मूल आधार बनाउँदै अघि बढिरहेको मच्छिन्द्रनाथ समूहले अभिकर्ताहरूको क्षमता विकास, बीमासम्बन्धी जनचेतना अभिवृद्धि र व्यवसाय विस्तारमार्फत पाटन शाखालाई उत्कृष्टताको नमुना बनाउने लक्ष्य लिएको छ।

यो समाचार शेयर गर्नुहोस्
6.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?