National life
cg eloctronics

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|१८ कात्तिक २०८३, बुधबार
4.3kShares
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त
muktinatha bikash bank

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापालाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा सरकारले थापालाई अध्यक्षमा नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष थापाले बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहणपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्षलाई बीमा क्षेत्रको विकास र विस्तारका लागि निडर तथा निर्धक्क भएर काम गर्न निर्देशन दिएका छन्।

everest bank

अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको विश्वसनीयता, प्रभावकारिता र पहुँच अभिवृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। उनले प्राधिकरणको नियामकीय भूमिकालाई प्रभावकारी बनाउँदै बीमा क्षेत्रका चुनौती समाधान गर्न सक्रिय हुनसमेत निर्देशन दिएका छन्।

थापाको नियुक्तिसँगै नेपाल बीमा प्राधिकरणले नयाँ नेतृत्व पाएको छ। अब उनको नेतृत्वमा बीमा क्षेत्रको नियमन, संस्थागत सुशासन, बीमाको पहुँच विस्तार तथा बीमितको हित संरक्षणलगायतका विषयमा कस्तो पहल हुन्छ भन्ने चासो बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
4.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?