National life
cg eloctronics

आईएमई लाइफलाई अन्तराष्ट्रिय अवार्डद्धारा सम्मान गरियो

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२६ माघ २०८२, सोमबार
1.8kShares
आईएमई लाइफलाई अन्तराष्ट्रिय अवार्डद्धारा सम्मान गरियो
muktinatha bikash bank

काठमाडौँ। इन्डियन चेम्बर अफ कमर्स द्धारा रामब्रन्त बैकंकमा आयोजित छैठौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्डमा’ आईएमई लाइफ इन्स्योरेन्सले तीन विधामा अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएको छ । उक्त पुरस्कार थाईल्याण्डको बैंककमा आयोजित समारोहमा आईएमई लाइफका सिईओ पवन खड्काले ग्रहण गरेका छन् ।

कम्पनीले उत्कृष्ट ग्राहक मुखि सेवा, बीमा कभरेजमा उत्कृष्ट रणनीतिमा संयुक्त अवार्ड र नेपाली जीवन बीमामा उत्कृष्ट महिला नेतृत्व गरि तीन विधाको अवार्डमा जित्न सफल भएको हो । यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट अन्तराष्ट्रिय निर्णायक मण्डलले निर्णय गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस कार्यक्रमले आईएमई लाइफ इन्स्योरेन्सको ग्राहक–केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको छ । देशभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा सहभागी भएका थिए भने उनले डिजिटल प्रविधि, एआई को उपयोग र बीमा उद्योगका चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारेका थिए ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?