National life

आई.एम.ई. लाइफ “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४“ बाट सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ साउन २०८२, शनिबार
1.5kShares
आई.एम.ई. लाइफ “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४“ बाट सम्मानित
ncell

आई. एम. ई. लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा आयोजित “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट“ अवार्ड वितरण समारोह २०२४ मा मेरिट अवार्ड जितेको छ ।

होटल र्याडिसनमा आयोजित सो समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का र वित्तविभाग प्रमुख जगत बहादुर बोहराले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गर्नुभएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अवार्ड हालसम्म दुईमात्र जीवनबीमा कम्पनीले प्राप्त गरेका छन सो मध्य एक आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको छ ।

यस अवार्डले कम्पनीले अपनाउँदै आएको पारदर्शिता, जवाफदेहीपन र संस्थागत सुशासनमा आधारित व्यवस्थापनको अभ्यासको कदर गरेको कम्पनीले जनाएको छ । कम्पनीले विगतदेखि नै सहभागितामुलक, समावेशी र उत्तरदायी कार्यसम्पादन गर्दै पारदर्शी सूचना सम्प्रेषण र वित्तीय अनुशासनमा विशेष ध्यान दिँदै आएको छ ।

यस उपलब्धिको लागि कम्पनीले नियामनकारी निकाय, बीमित, सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेको छ । यस सम्मानले कम्पनीलाई अझ प्रभावकारी र जिम्मेवार जीबनबीमा कम्पनीको रूपमा अघि बढ्न प्रेरणा दिएको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?