National life

आईएमई लाइफको नवौं साधारणसभा सम्पन्न, ५२.६३ करोड नगद लाभांश पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२४ पुस २०८२, बिहिबार
1.2kShares
आईएमई लाइफको नवौं साधारणसभा सम्पन्न, ५२.६३ करोड नगद लाभांश पारित
ncell

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा (आज)बिहीबार, पुस २४ गते २०८२ मा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभाध्यक्षतामा सम्पन्न उक्त सभाले कम्पनीका महत्वपूर्ण वित्तीय तथा प्रशासनिक प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, सोही वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा तत्सम्बन्धी अनुसूचिसहितको वित्तीय विवरण अनुमोदन गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनीको बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गरेको छ।

सभाले सञ्चालक समितिको प्रस्तावअनुसार आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १०.५२६३२५ प्रतिशतका दरले हुने रकम ५२ करोड ६३ लाख १५ हजार ७ सय ८९ रुपैयाँ नगद लाभांश (कर प्रयोजन समेतका लागि) वितरण गर्ने निर्णय पारित गरेको छ।

विशेष प्रस्ताव अन्तर्गत, कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा अभिलेख गर्ने निकायबाट कुनै संशोधन वा फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव स्वीकृत गरिएको छ। त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कम्पनीले गरेको खर्च अनुमोदन गरिएको छ।

सभामा सम्बोधन गर्दै सभाध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष डा. अर्यालले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाव र सहयोग प्रदान गर्ने आदरणीय शेयरधनीहरू, सञ्चालक समिति सदस्यहरू, कम्पनीप्रति विश्वास र भरोसा राख्ने समस्त बीमितहरू, नियमनकारी निकायहरू, पुनर्बीमा कम्पनीहरू, कम्पनीका कर्मचारीहरू, मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरू, बैंक तथा वित्तीय संस्थाहरू तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गरेका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?