National life

नेशनल लाइफको कुल नाफामा ६०.८९ % ले वृद्धि,अन्य सुचकहरुमा उल्लेख्य प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० साउन २०८१, बुधबार
683Shares
नेशनल लाइफको कुल नाफामा ६०.८९ % ले वृद्धि,अन्य सुचकहरुमा उल्लेख्य प्रगति
ncell

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। यस अवधिमा कम्पनीको कुल नाफा ४० करोड ६३ लाख ५८ हजार रहेको छ। जुन गत आवको भन्दा ६०.८९ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवमा कम्पनीले २५ करोड २५ लाख रुपैयाँ कुल नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा ७७ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ संचित रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार गत आवको तुलनामा १९.१६ प्रतिशतले बृद्धि भएको छ।

त्यस्तै ,समिक्षा अवधिमा कम्पनीको जगेडा कोषमा दुई अर्ब ३४ करोड रुपैयाँ संचित रहेको छ । जगेडा कोष र जीवन बीमा कोष सहित कम्पनीको कूल कोषको आकार ७९ अर्ब नाघेको छ ।

यस अवधिमा कम्पनीले कूल १९ अर्ब २२ करोड एक लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आवको तुलनामा १४.३४ प्रतिशतले बढी हो। त्यस्तै, कम्पनीको कुल दावी भुक्तानी ५.४२ प्रतिशतले बृद्धि भई आठ अर्ब ८३ करोड भुक्तानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले लगानी तथा कर्जा लगानीबाट प्राप्त आम्दानी १७.०७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा पाँच अर्ब ७६ करोड लगानी गरेको नेशनल लाइफले चालु आवको समीक्षा अवधीमा ६ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले कमिशन बापतको रकममा गर्ने खर्च बद्धि एक अर्ब ८३ करोड ३० लाख रुपैयाँ रहेको छ । सो मध्ये अधिकांश बीमा अभिकर्ताहरुलाई कमिशन बापत भुक्तानी गरेको हो ।

यस अवधिसम्म कम्पनीको बीमा पोलिसी संख्या १५ लाख ९८ हजार २६८ वटा रहेको छ । कूल पाँच अर्ब एक करोड चुक्ता पुँजि भएको यस कम्पनीको प्रतिशेयर आम्दानी ८११ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
683SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?