काठमाडौं । काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै १ अर्ब २८ करोड ३३ लाख ३८ हजार रुपैयाँको ९ हजार ७९८ वटा पोलिसी सरेन्डर भएको छ । बीमा प्राधिकरणका अनुसार १४ वटा बिमा कम्पनीको उक्त रकमको बिमा पोलिसी सरेन्डर भएको हो ।
चालु आर्थिक वर्षको साउन महिनामा राष्ट्रिय बीमा संस्थानको ८ सय ६२ जना बीमितहरुले १० करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका छन् ।
त्यस्तै, एलआइसी नेपालका २ हजार २४ जना बीमितहरुले ३१ करोड २५ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । मेट लाइफका ४६८ जना बीमितहरुले ४ करोड ३९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । एशियन लाइफका ७४४ जना बीमितहरुले ५ करोड ८४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । आइएमई लाइफका १३३ जना बीमितहरुले ९९ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।
त्यसैगरी सन नेपाल लाइफका १३ जना बीमितहरुले ११ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । रिलायबल नेपाल लाइफका १६२ जना बीमितले ९० लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सिटिजन लाइफका १७६ जना बीमितहरुले १ करोड १४ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सूर्यज्योति लाइफका ४०८ जना बीमितहरुले ७ करोड ७६ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।
सानिमा रिलायन्स लाइफका १८० जना बीमितहरुले १ करोड ५१ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । हिमालयन लाइफका ९८८ जना बीमितहरुले १२ करोड २२ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । प्रभु महालक्ष्मी लाइफका २५ जना बीमितहरुले ३५ लाख लाख रुपैयाँको पोलिसी त्यागेका छन् ।
हाल प्राधिकरणद्धारा जारी निर्देशिका अनुसार बिमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन् । उक्त व्यवस्था हुनुअघि बिमितले बिमालेख खरिद गरेको १ वर्षपछि आफ्नो बिमालेख त्याग गर्न सक्थे ।
सरेण्डरको विषय गम्भिर विषय भए पनि यसमा बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले भने कुनै पनि ठोक कदम चालेको देखिँदैन ।
प्राधिकरणले सरेण्डरलाई रोक्न आफूहरूले अध्ययन गरिरहेको बताएको छ । तर, वर्षौनि सरेण्डर बढ्नु कुनै बीमा कम्पनीहरुको लागि राम्रो संकेत नभएको यस क्षेत्रका विज्ञहरुले बताउँने गरेका छन् ।
https://aarthikvoice.com/archives/7819


































